‘म भर्जिन गायक’ विनोद खम्बु भन्छन् – राजेश पायलले मलाई स्थापित गरायो

प्रकाश चाम्लिङ, काठमाडौं – गाउँमै हुँदा सानोमा आफ्नो बुवाले बाँसुरी बजाएर सुनाएको धुनलेनै सँगीतको राग छिरिसकेको थियो गायक विनोद खम्बुमा । उनले त्यहिबेला कल्पना गरिसकेका थिए, ‘कि म पनि पछि गायक बन्छु भनेर ।’ रेडियोमा बजेको गीत सुन्दा उनलाई अच्चम लाग्थ्यो यति सानो रेडियोभित्र कस्तो मान्छे छिरेर गीत गाउन सकेको, कल्पना गर्ने गर्थे विनोद । ५४ सालमा रेडियो नेपालको स्वर परिक्षण पास गरेका गायका तथा संगीतकार विनोद खम्बु ५९ सालमा गायक बन्ने सपना लिएर काठमाण्डौं आएका थिए ।
खम्बुले सुनाए – ‘म चर्चित (राई ईज किङ) गायक राजेश पायल राईको पहिलेदेखिनै ठुलो फ्यान् हुँ बुढाको गीत धेरै सुन्ने गर्थे ।’  राजेश पायलको गीत प्राय सबै कण्ठ गरेर स्पष्ट गाउन सक्थे गाउँमै, धेरैले मेरो प्रशंसा पनि गर्थे उ बेला, सुनाए उनले । राजेश पायलले नै उनलाई  साँगीतिक क्षेत्रमा स्थापित गराएको खम्बुको भनाई छ । उनले भने- ‘राजेश पायल हरेक कुराले धनी छ, अझ धेरै मनको धनि । म नजिकबाट नियाल्न सक्छु, यस साँगीतिक क्षेत्रमा मलाई विनोद खम्बु भनेरे चिनाउने नै राजेश पायल बुढानै हुन्, म बुढा भन्छु प्यारो नाम ।’
खम्बु हाल  संगीतमा होमिएका एक दशक बढी भईसकेको छ । सानो हुँदा धेरै नै दुःख भोेगेको अनुभव सुनाउँदै विनोद भन्छन् – ‘अहिले म एकदमै खुशि छु मैले मेरो लागि माया गर्ने फ्यान पाएको छु, उनले गीत संगीतको कमाईबाट नै तराईमा केहि जग्गा पनि जोडेका बताए ।’
काठमाडौंको अनामनगरमा कोठा भाडामा बस्दै आएका विनोद अहिले एकदमै खुशि छन् । जीवनमा धेरै दुःखहरुसँग जुधेको अनुभव सुनाउँदै भने – ‘जिन्दगी अजम्बरी हुन्न, रमाईलो गर्नु पर्छ, रोमान्टिक हुँदै भने – ‘म रोमान्टि गीतहरु बढी गाउने गर्छु, यसैले धेरै लेडिज,फ्यानहरु बढी रहेको खुलासा गरे, भने – ‘म भिर्जिन गायक’ अर्थात विनोद कुमार नाम हो मेरो नागरिक्ताको यसैले कुमार भनेको भर्जिन अंग्रेजीमा, हाँ हाँ हाँ.. हासे विनोद ।
खोटाङको खिदिमामा जन्मिएका खम्बुले आफ्नै आवाजमा दुई दर्जन बढी गीतहरु रेकर्ड गराईसकेका छन् ।
उनले ‘सेली आई लव यु, झझल्को आईरहन्छ सोल्टिनी भेटौला दिक्तेल बजारमा, झन झन खायो झन झन मिठो तिनपाने, बसमा छैन यो मन’ लगायत चर्चित गीतहरुको सँगीत तथा आवाज भरिसकेका छन् ।

आफ्नै संगीतमा उनले पहिलो पटक अहिलेका चर्चित गायिका मेलिना राईलाई प्रकाश दुमीको शब्द रहेको ‘छाडि जाने भए तिम छाडि जाउ मायालु’ भन्ने बोल रहेको गीतमा स्थापित गराएका उनी स्वयम बताउँछन् ।

पछिल्लो समय उनले दर्जनौ बढीमा गीतमा संगीत भरिसकेका खम्बुले सँगीत भरेका गीतहरुमा चर्चित गायक राजेश पायल राई, प्रमोद खरेल, मौसमी गुरुङ, अञ्जु पन्त, शिव परियार लगायत अहिले नयाँ कलाकारहरुलाई गाईसकेका छन् ।

नेपालको आधा भुभागमा आफ्नो प्रस्तुती दिईसकेको खम्बुले अन्र्तराष्ट्रिय देशहरुका पनि धमकेदार प्रस्तुती दिएर दर्शकको मन जित्न सफल छन् ।

पछिल्लो समय तीन ओटा एल्वमको रेकर्ड गरिरहेको विनोद बताउँछन् । जसमा किराँतीको छोरो म, बोल रहेको गीत आफ्नै आवाज र संगीतमा, सिरैमा शिर फुल भन्ने एल्वमको गीतहरु रेकर्ड गराईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्