डन्डीफोर र कालोपोतोले हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपाय

अनुहारमा देखिने प्रमुख छालाका समस्याहरुमा डन्डीफोर र कालोपोतो पनि पर्दछन् । कालोपोतो र डन्डीफोरले अनुहार नै कुरुप बनाइदिन्छ । डन्डीफोर र कालोपोतोले मानिसको आत्मबिश्वास समेत घटाउंछ । कतिपयले डन्डीफोर र कालोपोतो हटाउनको लागि बजारमा पाइने विभिन्न औषधिको प्रयोग गरिरहेका हुन्छन् । यसले झनै समस्या बढाइदिन्छ । त्यसैले अनुहारमा आउने चायाँ पोतो, डन्डीफोर र यसको दाग, धब्बा वा कालो सर्कलहरुलाई यसरी घरेलु औषधी उपयोग गरेर हटाउन सकिन्छ ।

– आलुको पिसिसकेको पेस्टलाई छान्ने छानेको रसलाई दुई सानो चम्चा कागतीको रससँग मिसाएर लगाउन सकिन्छ । लगाईसके पछि एकछिन सुक्न दिने र सुकीसकेपछि मन तातो पानीले अनुहार पखाल्नुपर्छ । यसरी लगातार लगाएको एक हप्ता पछि तपाईंले आफ्नो फेसको दाग, चायाँपोतो र कालो धब्बाहरु हराएको महशुस गर्नुहुनेछ ।

– गोलभेँडामा पनि कागतीजस्तै धेरै फाइदाजनक तत्व पाइन्छन् जसले डन्डीफोर हटाउन मद्दत गर्छ र छालालाई चम्किलो बनाउँछ । गोलभेँडाको रस अनुहारको छालाभित्रैसम्म पुग्ने गरी लगाउनुपर्छ ।

– महले अनुहारमा भएका डन्डीफोरलाई हटाउने काम गर्छ। डन्डीफोर भएको भागमा मह दलेर केही बेर राख्ने र १५ मिनेटपछि चिसो पानीले धुने । अझ छाला चम्किलो बनाउन मन छ भने चिसो दूधको प्रयोग गर्न सकिन्छ यसले डन्डीफोरको समस्याबाट छुटकारा दिलाउनुका साथै छालालाई चम्किलो समेत बनाइदिन्छ ।

– एक कप पानीमा ल्वाङ उमाल्नु पर्ने हुन्छ । पानी चिसो भएपछि त्यसमा भएका ल्वाङलाई मुछ्ने र मुछिएको लेदोलाई डन्डीफोर भएको ठाउँमा दल्ने । यसका पाउडर वा पेस्ट बनाएर अथवा यसको तेललाई डन्डीफोर भएको ठाउँमा लगाए फायदा हुन्छ ।

– केराको साथसाथै त्यसको बोक्रा पनि त्यति नै लाभकारी छ। यसले डन्डीफोरको समस्या हटाउन मद्दत गर्छ । केरालाई मुछेर यत्तिकै वा महसँग मिसाएर लगाउँदा अनुहारका छिद्र खुल्छन् । दहीसँग केरा मिसाएर लगाउनाले पनि फाइदा हुन्छ ।

– डन्डीफोरका लागि कागतीको रस एकदमै प्रभावकारी हो । यसले डन्डीफोरको समस्या हटाउनका साथै छालालाई चम्किलो पनि बनाउँछ । तर, कागतीको रस सीधै अनुहारमा लगाउँदा यसले पोल्छ। त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनुपर्छ।बाफ लिएर अनुहारमा आउने डन्डीफोरको समस्याबाट टाढा रहन सकिन्छ ।

– फेसियलपछि बाफ लिनाले अनुहारको छालाले भित्री पोषण पाउँछ । साथै यसले मृत छालाको समस्यालाई पनि हटाउँछ । अनुहारका छिद्र खोल्नका लागि बाफ लिन जरुरी छ । बाफ लिएपछि छालालाई कटनले सफा गरी पुछ्ने। सीधै हातले पुछ्दा डन्डीफोरको समस्या झन् बढ्न सक्छ ।

यसरी बजारको महँगो केमिकलयुक्त चिज प्रयोग गर्नु भन्दा आफ्नो घरको भान्छामा पाइने सामग्रीको प्रयोग गर्न सकिन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्