स्वादिष्ट आलु र भेडेखुर्सानीको परिकार बनाउने तरीका !

काठमाडौं- आलु र भेडेखुर्सानीको परिकार अत्यन्त स्वादिष्ट हुन्छ र यसलाई बनाउन धेरै समय पनि लाग्दैन । स्वास्थ्य र पोषणयुक्त यो तरकारी बनाउने रेसिपी पनि बडो सजिलो छ ।

सामग्री:

तेल दुई चम्चा

जीरा आधी चम्चा

हिंग एक चिम्टी

बेसार आधी चम्चा

धनियाँको धूलो एक चम्चा

हरियो खुर्सानी एउटा

आलु ५०० ग्राम

भेडेखुर्सानी २५० ग्राम

नून १ चम्चा

अदुवा एक चिम्टी

टमाटर ८० ग्राम

धनियाँ दुई चम्चा

विधि:

एउटा कराहीमा तेल खन्याएर त्यसमा जीरा, हींग, बेसार, धनियाँ र हरियो खुर्सानी हालेर पकाउनुस् ।

त्यसपछि यसमा आलु हालेर तीनदेखि पाँच मिनेटसम्म पकाउनुस् । आलु पाकेपछि त्यसमा भेडेखुर्सानी, नून र अदुवा हाल्नुस् । त्यसपछि त्यसलाई छोपेर तीनचार मिनेटसम्म पकाउनुस् ।

अब यसमा टमाटर हालेर तीन मिनेटसम्म पकाउनुस् । अनि यसमा धनियाँ मिसाउनुस् । आलु भेडेखुर्सानी परिकारलाई रोटीसँग खाँदा गजब हुन्छ ।

प्रतिक्रिया दिनुहोस्