सवारी चालकले ध्यान दिनुपर्ने कुराहरु….

काठमाडौँ- मानिसको संख्यासगैँ सडकमा सवारीसाधनको संख्या पनि दिनहुँ बढिरहेको छ। निजी होस या सरकारी सवारीसाधन हाम्रो देशको अव्याबस्थित र साँघुरो सडक अति गुणस्तरहीन छन्। जसका कारण दिनहुँ दुर्घटना भइरहेका छन्। प्रायजसो दुर्घटना साँघुरो सडक साथै चालकको लापरवाहीले हुने गर्दछन्। त्यसैले सवारीसाधन चलाउँदा चालकले होसियारीपूर्वक चलाउनुपर्छ।

सडक, साधन र चालक नै सवारी दुर्घटनाका मुख्य कारक हुन्। यि तिनै कुरा सुदृढ नभएसम्म दुर्घटनामा कमी आउँला भन्न सकिदैन। चालककै लापरवाहीले बढी दुर्घटना हुने भएकाले चालकलाई सडक नियमको पूर्ण ज्ञान हुनुपर्छ। अर्को कुरा सुरक्षित यात्राका लागि सवारी चालक स्वास्थ्य हुनु र सडक सुरक्षाको पूर्ण ज्ञान हुनु जरुरी छ।

सवारी चालकले ध्यान दिनुपर्ने कुराहरु:

१)सवारी चालकले ड्राइभिङ कोर्स अनिवार्य रूपमा लिनुपर्छ। सवारी हाँक्न जानेकै छु, सवारी चलाएको यतिका वर्ष भइसक्यो भनेर हेलचेक्रयाइँ गर्नु हुँदैन। सैद्धान्तिक र व्यावहारिक दुवै ज्ञान हासिल गर्न आवश्यक हुन्छ।

२) निद्रा नपुगेको, थाकेको, अल्छी लागेको समयमा सवारी चलाउनु हुँदैन। अधिकांश सवारी दुर्घटना चालकको लापरबाहीका कारणले हुने गरेका छन्। त्यसकारण चालकले आफू हरहिसाबले जोखिम लिनु हुँदैन।

३) गन्तव्यमा छिटो पुग्न हतार कसलाई हुँदैन र जथाभावी ओभरटेक गरेर हिँड्ने बानी गर्नु हुँदैन। सवारी चलाउन सिक्दैदेखि कम गतिमा चलाउने अभ्यास गर्नुपर्छ।

४ )कहिलेकाहीँ अर्काको कारणले पनि दुर्घटनामा पर्न सकिन्छ। यसप्रति चालकले सचेत हुनुपर्छ। आफू राम्रो सवारी चलाउँछु भन्नेमा ढुक्क भएर मात्र पनि पुग्दैन।

५ )चालकले ट्राफिक नियमको जानकारी राख्ने सदैव पालना गर्नुपर्छ। थाहा पाइराखेको नियम उल्लंघन गर्ने र गल्ती दोहोर्‍याउने बानीले दुर्घटना निम्तिन सक्छ।

६) चालकले सवारी पार्किङ, सवारी चलाउँदा ऐनको अवस्थिति, हात र खुट्टाको अवस्थितिमा जस्ता कुरामा ध्यान दिनुपर्छ।

७) आफू हिँड्ने बाटोको बारेमा पूरा जानकारी लिनुहोस्। त्यहाँको भौगोलिक अवस्थिति, बाटोको गुणस्तर, त्यहाँका जोखिम आदिबारे जानकारी लिनुहोस्। यसका लागि नक्साको सहायतासमेत लिन सकिन्छ।

८) अभ्यासले नै मानिसलाई दक्ष बनाउँछ। हरेक काममा अभ्यास भएन भने नतिजा राम्रो निस्किँदैन। यो सवारी चालकलाई पनि लागू हुन्छ।

९) सवारी चलाउँदा मोबाइल चलाउने बानी गर्नु हुदैन साथै सवारी चलाउँदै फिल्म हेर्ने बानीले पनि दुर्घटना निम्तिन सक्छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्