कसरी सुरक्षित राख्ने व्यक्तिगत विवरण ?

काठमाडौं — आगामी ३ वर्षभित्र देशभर राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यका साथ अघि बढेको
सरकारले आजबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्ने भएको छ । सरकारले यसको शुभारम्भ भने पाँचथरबाट गर्न लागेको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार ‘सेक्युरिटी चिप्स’सहितको बहुप्रतीक्षित राष्ट्रिय परिचयपत्र वितरणको थालनी आजबाट गर्न लागिएको हो ।
पाँचथरको शहीद मञ्चमा आयोजित बिशेष कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले फिदिम नगरपालिका–४ शान्तिपुरकी १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई सबैभन्दा पहिले राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरणको शुभारम्भ गर्ने जनाईएको छ । त्यसका लागि गृहमन्त्री थापा आज ११ बजे फिदिम पुग्दैछन् ।

कस्तो हुनेछ राष्ट्रिय परिचयपत्र ?

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका अनुसार निर्माणको क्रममा रहेको राष्ट्रिय परिचयपत्रमा व्यक्तिका १० वटै औँलाको छाप र अन्य व्यक्तिगत विवरणहरू हुनेछ।

साइबर सुरक्षासम्बन्धी एकजना जानकारका अनुसार अपराधीहरूले व्यक्तिगत विवरणहरू लिएर त्यसका आधारमा नक्कली कार्ड बनाइ सक्कली जस्तै भएर गतिविधि गर्न सक्छन्। र, सक्कली व्यक्ति फस्न सक्ने हुनाले उक्त व्यक्तिगत विवरण सुरक्षित राख्नुपर्नेछ ।

‘तपाईको कार्ड प्रयोग गरेर अरुले अनेक गतिविधि गर्न सक्छन्, राष्ट्रिय परिचयपत्रमा व्यक्तिका १० वटै औँलाको छाप र अन्य व्यक्तिगत विवरणहरू हुनेछ’

बहुउपयोगी भनिएको राष्ट्रिय परिचयपत्र प्रयोगमा आएसँगै नागरिकता, मतदाता परिचय लगायत नागरिकको परिचय खुलाउने कैयौँ परिचयपत्र बोक्नुपर्ने झन्झटबाट मुक्त हुने बताइएको छ ।

राष्ट्रिय परिचयपत्रमा व्यक्तिका १० वटै औँलाको छाप र व्यक्तिगत विवरण हुने अधिकारीहरूले बताएका छन्।
साइबर सुरक्षासम्बन्धी जानकारहरूले नागरिकका महत्त्वपूर्ण व्यक्तिगत विवरण सुरक्षित राख्नेबारे सरकार विशेष चनाखो हुनुपर्ने छ ।

त्यसबाहेक प्रयोगकर्ताले राष्ट्रिय परिचयपत्रमा भएका व्यक्तिगत विवरण जोकोहीलाई दिन नहुने विज्ञहरूको सुझाव छ।

परीक्षण गरेर मात्रै ‘परिचय पत्र’

राष्ट्रिय परिचयपत्र वितरणको कार्यलाई राष्ट्रिय उत्सवको रूपमा मनाउन शुभारम्भ कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, गृहसचिव प्रेमकुमार राईलगायत विशिष्ट व्यक्तित्वसमेत सहभागी कार्यक्रम रहेको बुझिएको छ ।

नागरिकता वितरणमा फर्जी काम बढिरहेका बेला विभागले राष्ट्रिय परिचयपत्र वितरणलाई भने वैज्ञानिक बनाएको जनाएको छ । नागरिकताजस्तो सिफारिस गरिएकै आधारमा राष्ट्रिय परिचयपत्र पाइने छैन । त्यसका लागि शुरुमै जैविक परीक्षण गरेर विवरण संकलन गरेको विभागले वितरण पनि परीक्षणपछि मात्रै गर्ने छ ।

राष्ट्रिय परिचयपत्रमा व्यक्तिका १० वटै औँलाका छाप र व्यक्तिगत विवरण हुनेछ । यो बहुउपयोगी हुने अधिकारीहरुको भनाइ छ ।

 ३ वर्षभित्र राष्ट्रिय परिचयपत्र

आगामी ३ वर्षभित्र सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने योजना विभागको छ । विभागले यसै आर्थिक वर्षमा प्रदेश १ का झापा र संखुवासभामा परिचयपत्र वितरणको लक्ष्यका साथ त्यहाँ विवरण संकलन गरिरहेको जनाएको हो ।

त्यसैगरी प्रदेश २ का महोत्तरी र सप्तरी, प्रदेश ३ को ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशको तनहुँ र स्याङ्जाका नागरिकलाई पनि यही आर्थिक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गर्ने विभागको तयारी छ ।

प्रदेश ५ को कपिलबस्तु र गुल्मी, कर्णाली प्रदेशका सल्यान र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र अछाम जिल्लामा पनि विभागले यही वर्ष परिचयपत्र दिने गरी काम गरिरहेको जनाएको छ ।

व्यक्तिगत विवरण कसरी सुरक्षित राख्ने ? 

बीबीसीका अनुसार राष्ट्रिय परिचयपत्र बनाउन थालिएका बेला साइबर सुरक्षासम्बन्धी जानकारहरूले नागरिकका महत्त्वपूर्ण व्यक्तिगत विवरण सुरक्षित राख्नेबारे सरकार विशेष चनाखो हुनुपर्ने बताएका हुन् ।

विज्ञहरूको सुझाव अनुसार ‘त्यसबाहेक प्रयोगकर्ताले राष्ट्रिय परिचयपत्रमा भएका व्यक्तिगत विवरण जोकोहीलाई दिनु हुँदैन ।’

नागरिकता लगायत अरू परिचयपत्रलाई पनि विस्थापित गर्ने ठानिएको सेक्युरिटी चिप्सुसहितको राष्ट्रिय परिचयपत्रको परीक्षण उत्पादन अक्टोबर महिनाको अन्त्यतिर गर्ने तयारी भइरहेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका अधिकारीहरूले बताएका छन्।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका अनुसार निर्माणको क्रममा रहेको राष्ट्रिय परिचयपत्रमा व्यक्तिका १० वटै औँलाको छाप र अन्य व्यक्तिगत विवरणहरू हुनेछ।

साइबर सुरक्षासम्बन्धी एकजना जानकारका अनुसार अपराधीहरूले व्यक्तिगत विवरणहरू लिएर त्यसका आधारमा नक्कली कार्ड बनाइ सक्कली जस्तै भएर गतिविधि गर्न सक्छन्। र, सक्कली व्यक्ति फस्न सक्ने हुनाले उक्त व्यक्तिगत विवरण सुरक्षित राख्नुपर्नेछ ।

बहुउपयोगी भनिएको राष्ट्रिय परिचयपत्र प्रयोगमा आएसँगै नागरिकता, सवारीचालक अनुमतिपत्र र मतदाता परिचयपत्र लगायत नागरिकको परिचय खुलाउने कैयौँ परिचयपत्रहरू बोक्नुपर्ने झन्झटको पनि अन्त्य हुने अधिकारीहरूको विश्वास छ।

तर पर्याप्त सावधानी नअपनाइए त्यसको फाइदासँगै बेफाइदा हुने जोखिम पनि उत्तिकै रहेको साइबरु सुरक्षासम्बन्धी जानकारहरूले बताएका छन्।

साइबर आक्रमणकारीहरूले चोरी गरी मान्छेका व्यक्तिगत विवरणको दुरुपयोग गर्ने जोखिमसँगै सुरक्षा सतर्कता पनि सोही अनुसारको आवश्यक भएको विज्ञहरूको सुझाव छ।

आफ्ना नागरिकका व्यक्तिगत विवरण गलत हातमा नपरोस् भनेर राज्य अझ बढी चनाखो हुनुपर्ने उनीहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्