निशालाई अरुसँग तुलना गरेको मन पर्दैन्, भन्छिन्- मलाई प्राक्टिल मान्छे मनपर्छ

काठमाडौं — मोडल/नायिका निशा पोमुको करिअर २०१२ को मिस लिम्बु ट्यालेन्ट अवार्ड विनर प्राप्त गरेपश्चात शुरुवात भएका थियो । उक्त रियालिटी शोको फाईनल पश्चात म्युजिक भिडियोहरुमा अफर आउनथालेपछि उनले कयौं म्युजिक भिडियोहरुमा अभिनय पनि गरिसकेकी छिन् ।
हालै प्रर्दशनमा आएको चलचित्र ‘शान्ति’को नायिका निशाले केहि चलचित्रहरुमार्फत दर्शकमाझ आफ्नो प्रतिभाहरु प्रस्तुत गरिसकेकी छिन् । सानैदेखि गीत बज्नुसाथै नाच्न मन पराउने उनी ताप्लेजुङमा जन्मिएर केहिबर्षअघि काठमाडौंमा आफ्नो कलाकारितालाई अघि बढाउन आएकी थिईन् ।
उनले थुप्रै देशविदेशका स्टेजहरुमा आफ्नो धमकेदार नृत्यहरु दर्शकलाई देखाईसकेकी छिन् । उ बेला विभिन्न देशविदेशमा गरेको कार्यक्रमहरुको रमाईला पलहरु सम्झिँदै उनी भन्छिन् — ‘मान्छेको जीवनमा जति रमाईलो देखिन्छ, त्यसको पछाडी धेरै मेहनत, परिश्रमहरु पनि हुन्छन् ।, जुन संघर्षले मलाई यहाँसम्म ल्याएको छ ।’

चिसो मौसम मन पराउने उनी यतीवेला पुर्व विर्तामोडमा फिट्नेस स्टुडियो सञ्चालन गरिरहेकी छिन् । उनी आफुलाई ‘जुम्बा स्ट्रक्चर’ रहेको पनि बताउँछिन् । काठमाडौंमै पनि जुम्बा गराउँदै आईरहेकी उनले यतिवेला भने पुर्वमा फिट्नेस ट्रेनिङ गराईरहेकी छिन् । उनले म्युजिक भिडियो र स्टेज प्रस्तुतीलाइ थाति राखि हाल भने जुम्बा फिट्नेशको व्यावसायकलाई अगाडि बढाईरहेकी छिन् । कल्चरल र्फम, मोर्डन, आईटम लागयत सबै खालका नृत्य गर्ने उनी भन्छिन् मलाई भर्सटायल डान्सर भनेर चिन्ने गरेको र मेरो डान्स मन पराएर प्रशंसा गर्नेहरु छन् ।
आफुलाई अरुसँग तुलना गरेको मन नपराउने उनी भन्छिन् — ‘जुन फिल्डको मान्छे होस् उसको आफ्नै मान्यता र आफ्नै जीवन हुन्छ, कसैले कसैसँग तुलना गरेको मलाई मन पर्दैन ।’ उनले एउटा अन्तर्वार्तामा भनेकी छिन् — ‘जो कोहि म सँग अन्तर्वार्ता लिनु चाहनुहुन्छ म सँग मेरो संघर्षको कुरा गरुन्, मेरो सुख,दुःख सफल्ताको कृुरा गरुन् न तर अरु सँग तुलना नगरुन् मलाई । उनले भनिन् — म पनि अरु बन्न सक्दिन अरु पनि म बन्न सक्दैनन् होला सायद ।’ उनले अभिनय गरेको केहि चलचित्र रिलिजको तयारीमा रहेको बताउने निशा यतीवेला भने फिट्नेशलाई प्राथमिक्ता दिईरहेकी छिन् । एक अन्तरर्वार्तामै कस्तो हुन्छ तपाईको रोजाईमा ब्वाईफ्रेण्ड ? भन्ने प्रश्नमा उनले भनेकी छिन् — ‘रोजाई चाहि एकदमै प्राक्टिकल । उनले थपिन् प्राक्टिकल भित्र सबै पर्छ । मलाई खुशि मान्छे हासेको मान्छेहरु मन पर्छ । मलाई पनि विश्वास गरोस् मैले पनि विश्वास गर्न सकुँ ।’ उनले आफुलाई नरिसाउने सकारात्मक मान्छेहरु मन पर्ने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्