इतिहासमै पहिलो पल्ट सगरमाथाको उचाइ मापन गर्दै नेपाल

यस्तो छ विश्वको सर्वोच्च शिखरको सगरमाथाको ईतिहास

काठमाडौं – विश्वको सर्वोच्च शिखरको सगरमाथाको उचाई मापन कार्य नेपालले इतिहासमै पहिलो पल्ट गर्दैछ । सगरमाथाको उचाइ मापन कार्य सगरमाथादेखि दक्षिणतिरका मध्यपहाडी तथा तराई क्षेत्रबाट शुरू भइसकेको छ।

नापी विभागका अधिकारीहरूका अनुसार विश्वको सर्वोच्च शिखरको उचाइ मापन कार्यले अहिले निकै गति लिएको छ । सगरमाथाको नापी कार्यमा अहिले दक्षिणको सिराहदेखि सोलुखुम्बु लगायतका स्थानमा नापी प्राविधिकहरू खटिइसकेका जनाइएको छ । सगरमाथाको टुप्पैसम्म पुगेर मापन कार्य पूरा गर्न आगामी वसन्त ऋतुमा चार जना नापी प्राविधिकहरूलाई सगरमाथामा पठाउने प्रक्रिया सुरु भइसकेको बीबीसी नेपालीले उल्लेख गरेको छ ।

नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टका अनुसार चारमध्ये दुई जना टुप्पैसम्म पुग्नेछन् भने दुई जनाले चाहिँ आधार शिविरमा रहेर काम गर्ने छन् । पाँच जना छानिने छन्। एक जना जगेडा बस्नु पर्ने हुन्छ ।

DEPARTMENT OF SURVEY, NEPAL

सगरमाथा चढ्ने काम निकै जोखिमपूर्ण मानिए पनि हरेक वर्ष कैयौँ आरोहीहरूको आरोहण गर्ने वा तल झर्ने क्रम जारी छ भने विभिन्न दुर्घटनामा परेर ज्यान जाने पनि गरेको छ। हिउँ तथा बरफसँगको निरन्तर पौँठेजोरीको क्रममा कतिपय आरोहीले आफ्ना हात वा खुट्टाका औँलासमेत गुमाउनु पुगेको खबरहरु छन् ।

निरन्तर सेतो हिउँ हेर्नु पर्दा कतिपय आरोहीको आँखाको ज्योति समेत गु्म्छ। तर नापी विभागमा सगरमाथाले अहिले उत्साहको लहर नै ल्याएको छ। त्यहाँका १९ जना प्राविधिकहरूले सगरमाथा चढ्ने इच्छा प्रकट गर्दै आवेदन हालिसकेका छन्।

ूउनीहरु २२, २३ देखि ५२ वर्ष उमेरको छन् । प्राविधिकदेखि इन्जिनियर र अधिकृतदेखि उपसचिवसम्मले चासो देखाएको नापी विभागको भनाई छ । नेपालको पहिलो आफ्नो सगरमाथा नापी अभियानमा के महिला कर्मचारी वा प्राविधिकले पनि चासो देखाएका होलान् ? तर, आवेदन दिनेहरूमा महिला नपरेको बताइएको छ ।

महत्त्वपूर्ण भूमिकामा शेर्पा आरोहीहरू

नेपालकै पहिलो सगरमाथाको उचाइ मापन अभियानमा शेर्पा आरोहीहरूको भूमिका के होला? महानिर्देशक भट्टका अनुसार खुला बोलपत्र आह्वान गरेर आरोहण गराउने र व्यवस्थापन गर्ने आरोहण कम्पनीको छनौट गरिनेछ।

“शेर्पा आरोहीहरूको भूमिका ज्यादै महत्त्वपूर्ण हुनेछ। उहाँहरुको साथ सहयोग र मार्गदर्शनमा नै हाम्रो आयोजनाको सफलता निर्भर रहनेछ,” भट्टले भने।

२२ पटक सगरमाथाको शिखरमा पाइला राखिसकेका प्रख्यात पर्वतारोही कामीरिता शेर्पाले नेपालको पहिलो सगरमाथाको उचाइ मापन प्रयासको खबर सुनेर शेर्पा समुदाय तथा आरोहीहरू पनि उत्साहित भएको बताए। उनी आउने वसन्तमा पनि सगरमाथा आरोहण गर्ने तयारीमा छन्।

तर उनले भने, “विदेशीले नापिसकेका छन्। अब नेपाल आफैँले गर्न लागेको नापी टोलीमा म आफैँ पनि सहभागी हुन पाए त्यो मेरो लागि गौरवको विषय हुनेछ।”
कसरी अघि बढ्दैछ काम ?

सगरमाथा उचाइ आयोजना कार्यान्वयन गर्नको लागि विभागले गत वर्ष दुई करोड रुपैयाँ पाएको बताइएको छ । यो वर्ष त्यो बढेर १५ करोड रुपैयाँ पुर्‍याइयो र त्यसपछि नापीको कामले गति लिएको हो ।

प्राविधिकहरूले यतिखेर सिराहको नेपाल(भारत सीमा नजिकैको मदारदेखि सोलुखुम्बुको पताले र वरपरका विभिन्न बिन्दुमा पुगेर भूउपग्रहको सहायताले जमीनको अवस्थिति पत्ता लगाउने जीपीएस र गुरुत्वआकर्षण मापन गर्ने ग्राभिमिटर लगायतका उपकरणहरूको प्रयोग गरि मापन तथ्याङ्क संकलन गरिरहेका छन्। अहिलेसम्म सगरमाथा उचाइ मापनको ४० प्रतिशत काम भइसकेको बताइएको छ । हाल गुरुत्व सर्भेका साथै गणितीय तथा समतलन सर्भे गरिरहेका छन् ।

नापी विभागको निर्देशकका अनुसार आउने वसन्त ऋतुमा नापी टोलीले जीपीएस र अन्य उपकरणसहित सगरमाथाको टाकुरामा पुगेर तथ्याङ्कहरू ल्याउन सफल भएमा सगरमाथा उचाइ मापनको सबैभन्दा महत्तपूर्ण काम पूरा हुनेछ।

“त्यसपछि हामी भारत र चीन लगायतका अन्तर्राष्ट्रिय नापी विज्ञहरूसँग छलफल गर्दै नापीको परिणाम सार्वजनिक गर्छौँ। त्यसो गर्दा हामीले सार्वजनिक गर्ने सगरमाथाको नयाँ उचाइलाई विश्व समुदायले स्वीकार गर्नेछ।”

यस्तो छ विश्वको सर्वोच्च शिखरको सगरमाथाको ईतिहास

सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो। यसको उचाइ समुद्र सतहबाट ८,८४८ मीटर (२९,०२८ फीट) छ। यो नेपालको सोलुखुम्बु जिल्लाको खुम्जुङ्ग गाविसमा पर्छ। तिब्बती भाषामा यसको नाम चोमोलुङ्गमा हो। सगरमाथालाई सन १८६५मा कर्णेल सर जोर्ज एभरेष्टको नाममा Mount Everest नामाकरण गरिएको थियो ।

नेपाल आफैँले कहिल्यै सगरमाथाको नापी गरेको छैन। विश्वको सर्वोच्च शिखरको पहिचान भएपछि त्यो हिमाली चुचुरोलाई अङ्ग्रेजहरूले माउन्ट एभरेस्ट नाम दिए। इतिहास शिरोमणि बाबुराम आचार्यले त्यसलाई नेपाली नाम दिए – सगरमाथा।

सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो। यसको उचाइ समुद्र सतहबाट ८,८४८ मीटर (२९,०२८ फीट) छ। यो नेपालको सोलुखुम्बु जिल्लाको खुम्जुङ्ग गाविसमा पर्छ। तिब्बती भाषामा यसको नाम चोमोलुङ्गमा हो। सगरमाथालाई सन १८६५मा कर्णेल सर जोर्ज एभरेष्टको नाममा Mount Everest नामाकरण गरिएको थियो ।

पछि सन १९६०मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन साथै उनले सगरमाथाको नेपाली नाम झ्यामोलोङ्मो पनि लेखेका छन्। यसलाई कतै कतै देवढुङ्गा पनि भन्ने गरेको पाइन्छ। सगरमाथा शिखरमा सर्वप्रथम, सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एड्मन्ड हिलारीले पाइला राखेका थिए।

नामकरण र आरोहणको पृष्ठभूमि

सन् १८०९मा माथिल्लो गंगा अर्थात कुमाउक्षेत्रको खोजीमा निस्केका डब्लूएस वेबले नेपालमा धौलागिरी पर्वत ८ हजार मिटरभन्दा माथिको उचाइमा रहेको रहस्योद्घाटन गरेका थिए अर्थात हिमालयका अग्ला पर्वतहरूमध्ये सबैभन्दा पहिले उचाइ नापिएको हिमाल धवलागिरी (८,१७२ मिटर) हो। यस हिमालको उचाइ नापेपछि यसैलाई संसारको अग्लो भनिएको थियो। पछि सन् १८४८मा कञ्चनजङ्घाको उचाइ नापियो र यसको उचाइ ८ हजार ५ सय ८६ मिटर हो भन्ने निक्र्योल भएपछि कञ्चनजङ्घालाई संसारको अग्लो चुचुरो भनियो।
त्यही वर्ष अन्य हिमालहरूको उचाई नापियो र रेकर्ड संकलन गरेर सर्वे अफ इन्डियाको कार्यालयमा पठाइयो। त्यसको करिब तीन वर्षपछि सन् १८५२मा जब सगरमाथा विश्वकै सबभन्दा अग्लो शिखर भन्ने ठहर भयो, त्यतिखेर त्यसको उचाइ २९ हजार २ फिट भनी मानियो। सगरमाथालाई रोमन संकेतचिहृन ‘पिक १५’ नाम प्रदान गरियो।

सन् १८५२ तिर पहाडहरूको उचाइ ‘कियोडा लाइट’ यन्त्रको प्रयोगबाट मापन गरिरहेका भारतको सर्वे विभागको एउटा टोलीका सदस्यहरूमध्ये एक-बंगाली नागरिक राधानाथ सिक्दरले आफूले सर्वोच्च शिखर पत्ता लगाएको दाबी गरे। राधानाथका सहयोगिका रूपमा हेनेसी नामका उनका चेला थिए। उक्त विभागका सर्वे कर्मचारीहरू तेजवीर बुढाथोकी र राधानाथ सिक्दरले पत्ता लगाएको उक्त शिखरको उचाइ ८ हजार ८ सय ४० मिटर थियो। राधानाथ प्रतिभाशाली गणितज्ञ थिए।

सर्वे अफ इन्डियामा जागीरे हुँदा उनको उमेर केबल १९ वर्षको बंगालमा आज पनि उनलाई संझनु पर्ने एउटा कारण छ किन भनें उनले ‘मासिक पत्र’ नामको हुलाक-पत्रिका निकाल्थे, जुन विशेषत महिलाहरूका लागि थियो। यस हुलाक-पत्रिकामा बंगाली भाषा प्रयोग हुन्थ्यो र महिलाहरूको सामाजिक चेतनाको स्तर उठाउने खालका सामग्रीहरू हुन्थे।

सर्वोच्च शिखरको उचाइ नाप्ने विधि बेलायतका इन्जिनियर जर्ज एभरेष्टले विकास गरेका थिए। विश्वको सर्वोच्च शिखर खोज्ने कार्य सुरू भएपछि बिहार (भारत)को समतल मैदानको अध्ययन गरिरहेका भारतका सर्वेयर-जनरल सर एन्ड्रयू वाघले आफ्ना अग्रज जर्ज एभरेष्टका स्मरणमा पन्ध्रौँ चुचुरो भन्ने नामबाट फेरेर सन् १८६५ (वि.सं. १९२१)मा ‘माउण्ट एभरेष्ट’ नाम राखिदिए।

एन्ड्रयू वाघको उक्त टोलीले नेपालको एक हिमशिखर संसारको सर्वोच्च भागका रूपमा रहेको दाबी पनि गरे। भारतको तत्कालीन कम्पनीसरकारद्वारा उक्त नामकरण गरिँदा जर्ज ७५ वर्षका थिए। जर्ज एभरेष्ट सन् १८२५ देखि सन् १८४३ सम्म भारतका सर्वेयर जनरल थिए।

विसं २०१३ सालमा इतिहासशिरोमणि बाबुराम आचार्यले उक्त पर्वतको नेपाली न्वारान गरी ‘सगरमाथा’ नाम राखिदिएका हुन। उनले यस पर्वतको नेपाली नाम ‘शारदा’ नामक पत्रिकामार्फत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्