के माया गर्नु प्रेम उत्सव नै चाहिन्छ ?

रोशन चाम्लिङ

काठमाडौं —  फेबु्रअरी १४ यस दिनलाई माया गर्नेहरुको दिन भनिएको छ । अर्थात भ्यालेन्टाइन डे आज माया गर्नेहरुको विशेष दिन प्रेम दिवस रे । यो दिनलाई प्रणय दिवस भनिन्दै आएको छ । विश्वभरि एकआपसमा मायाप्रेम साटासाट गरेर यो दिवस मनाईने दिन हो । यो दिन विशेष गरी एक अर्कामा माया गर्नेहरु विशेष दिनको रुपमा मानिदै आईरहेका छन् ।

विशेषगरी युवायुवतीहरुले एकअर्काबीचको अब्यक्त प्रेमलाई व्यक्त गर्ने अवसरको रुपमा पनि यो दिनलाई लिने गरेको पाइन्छ । क्याथोलिक र रोमन समुदायका नागरिकले यो दिनलाई विशेष मायाको पर्वको रुपमा मनाउने गरेको भएपनि बढ्दो सूचना र प्रविधिको विकाससँगै प्रेम दिवस विश्वभरमा नै मनाउन थालिएको छ ।

(Photo by Brendon Thorne/Getty Images)

हजारौं वर्षअघि रोमका राजा क्लोडियसले आफ्नो देशमा कुनै पनि सैनिकले विवाह नगरुन भन्ने उर्दी जारी गरेका थिए । सैनिकहरु विवाह बन्धनमा बाँधिएको खण्डमा युद्ध सफल नहुने धारणा राख्ने राजाको आदेशविरुद्ध भ्यालेन्टाइन नामका पादरीले धेरैको विवाह गराएका थिए । आफ्नो आदेशको विरुद्धमा सैनिकहरुको विवाह गराएको भन्दै १४ फेब्रुअरीमा पादरीलाई फाँसी दिएको र सोही दिन पादरीले जेलरकी छोरीलाई प्रेम सन्देश पठाएको सम्झनामा भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाउन थालिएको हो ।

प्रेम दिवसको कुरा गर्दा प्रेम एउटा आफैमा गौरब र स्वतन्त्र चिज हो । प्रेममा कसैले कसैलाई बन्देज लागाएर अर्थात नियन्त्रण गर्न सक्दैन् । भ्यालेनटाइन डे को ईतिहासको कुरा कथामा पादारीले राजाको आदेशको अपज्ञान गरेर राजाको अपमान गरेको भनेर रिसले क्रोध रोमका राजा क्यालोडियसले भ्यालेनटाइन लाई जेल हालेका थिए ।

अन्ततः फासिसमेत दिने आदेश जारी गरीयो र भ्यालेनटाइनलाई फासी दिएको दिन नै उसले जेलरको छोरीलाई प्रेम पत्र लेखेको थियो । त्यो एउटा गर्व गर्न लायकको बहादुरिता पनि मानिन्छ ।

हामी त्यो भ्यालेनटाइनको साहासीक कदम, प्रेम प्रतिको त्याग र तपस्या सर्मपन भावानाको हामी सधै कदर गर्नु पर्छ । भ्यालेनटाइन जस्तो प्रेम पुजारीको स्मरणमा प्रेम दिवस मनाउन राम्रो पक्ष पनि हो ।
मायाको अर्थ र परिभाषा बुझेर मात्रै साच्चा प्रेमको बिउ रोप्ने काम गरौ । दुई आत्मा मिलन विन्दुबाट जिन्दगी र प्रेमलाई रंगिन दिगो राख्न प्रयत्न गरौँ । प्रेम पुजा हो देवता हो, जस्तो मन्दिरमा बलिरहने दियो जस्तै प्रेम पनि एउटा एकहोरो माया गरिने माध्यम हो । प्रेम आफैमा पनि विश्वासको अति सुन्दर फुल फुल्ने बगैचाँ हो । त्यसैले प्रेम फल्न र फुल्नको लागि बसन्त यामको आवश्यक्ता पर्दैन त्यसरी नै आफुले मन पराएको मान्छेसंग प्रेम प्रस्ताव राख्न मिति नै कुर्नु पर्छ न त १४ फ्रेबु्रअरी १४ भ्यालेनटाइन दिनको ३६५ दिनलाई नै कुर्नु पर्छ । प्रेम गर्न र आफुले भित्रि मन देखि नै चाहेर प्रेम गरेको मान्छेसंग प्रेम प्रस्ताव रााख्न एकआपसमा भावान साटासाट गर्न सदाबहार नै खुल्ला हुन्छ ।

नेपालको परिवेशमा कुरा गर्दा, पछिल्लो समय नेपालमा पनि यो दिनलाई खुबै मनाईदै आईरहेको पाइन्छ । नेपालमा पनि युवायुवतीहरुले एकआपसमा उपहार आदानप्रदान गरेर प्रेम दिवस मनाइरहेका छन् । प्रेम दिवसको अवसर पारेर बिभिन्न पार्क, रमणीय स्थानमा गएर युवायुवतीहरु रमाउँछन् भने यो दिनलाई विशेषगरी रातो गुलाबको व्यापार गरेर फूल व्यापारीले राम्रो आम्दानी गर्ने गरेका पनि पाईन्छ ।
हामीलाई माया गर्नु छ नै भने यो दिन नै उपयुक्त भन्ने सोचबाट बाहिर आउनु जरुरी हुन्छ।यसदिनलाई मायाको उत्सव मानिएता पनि हामी जुनसुकै बेलामा पनि मायाको कुरा गर्नु आवश्यक छ । विश्वको ठुलठुलो ईतिहास केलाउने भने हो भने पनि धेरै ब्यक्तिहरु प्रेममा परेका छन् ।

विशेष गरी तपाई आफ्नो जीवनसाथीलाई होस् या प्रेमी—प्रेमीकालाई यसरी गुर्नहोस् माया ताकि कहिले खोट न आओस् तपाईले गर्ने मायामा । तपाईको माया सफल होस् प्रेम दिवसको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्