पीपल छायाले : विदेशिने लाखौं नेपालीहरुको जीवन…(भिडियो)

उदयपुर — स्थानीय प्रतिभा र कलाकारहरुले उदयपुरमै तयार पारेको म्युजिक भिडियो सार्बजनिक भएको छ । त्रियुगा नगरपालिका ७ कौवाईमा कवि तथा गीतकार लेखबहादुर कार्की र पुष्पा राईको रचनाको पहिलो लोकगीत पिपल छायाले…गीतको म्यूजिक भिडियो सार्बजनिक भएको हो ।

म्यूजिक भिडियोलाई पूर्णपुष्टि अनलाईनको अफिसियल युट्युव च्यानल पूर्णपुष्टि टिभिले हालै सार्बजनिक गरेको हो । रौतामाई गाउँपालिका ७ का एकराज राना मगरको भिडियो निर्देशन, छायांकन तथा सम्पादनमा तयार भएको भिडियोको लोकार्पण १ नं। प्रदेश सांसद नारायण बुर्जा मगरले गरेका थिए ।लेखबहादुर कार्कीको पहिलो गीति कोशेली र ब्रोदर स्टुडियोको प्रस्तुतीमा तयार भिडियो सार्बजनिक गर्दै सांसद मगरले आप्mनै ठाउँमा राम्रो कला, प्रतिभा र सिर्जना देख्न पाएकोमा खुसी व्यक्त गरे । उनले बृद्धअवस्थामा पनि नेपाली लोकसंगीतको क्षेत्रमा सिर्जनसिल देखिएकोमा ६८ वर्षे कार्कीको प्रशंसा गरे । शारीरिकरुपमा एउटा खुट्टा कमजोर रहेपनि निर्देशन, छायांकन तथा सम्पादन जस्तो कठिन काम राम्रोसंग गरेकोमा सिर्जनशिल युवा मगरको पनि प्रशंसा गरे । उनले यस मर्मस्पर्सी गीतले गाँउघर र नेपालीपनको झलक दिएको र भिडियो नै बनेपछि अझ जीवन्त बनेको बताए ।

गाउँघर र नेपाली परिवेशलाई समेटेर रचना गरिएको गीतको छायांकन उदयपुर सिमेन्ट उद्योगको चुनढुंगाखानी क्षेत्र सिधाली, कौवाई र मुर्कुची आसपासमा गरिएका हुन् । विक्रम लुङ्गेलीको नृत्य निर्देशन रहेको भिडियोमा स्थानीय कलाकारहरु आकाश मगर र यमुना मगरले मूख्य अभिनय गरेका छन् भने अन्य कलाकारहरु कविता थापा, कन्चना राना, स्मृती मगर, प्रमिता मगर, बसन्त लुङ्गेली, सहीम मगर, विहान राना, दिपसन घलेले साथ दिएका थिए । गीतमा गायक युवराज कोइराला र गायिका अन्जु राईले स्वर दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्