तोरेम्पा हाङले ल्याए प्रियतमा…(भिडियो)

काठमाडौं — गायक तथा सँगीतकार तोरेम्पा हाङले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् ।गीतकार गोपालचन्द्र राईको शब्दमा ‘प्रियतमा…’ बोल रहेको गीतलाई हालै गोपालचन्द्र राईकै युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।उक्त रोमान्टिक पप गीतलाई गायक तोरेम्पाले स्वयम सँगीत भरेका छन् । कुमार सिन्जाली मगरको एरेन्ज रहेको गीतलाई भर्जिन भ्वाईस नक्सालमा रेकर्डिङ गरिएको हो । गीतको भिडियोमा गायक तोरेम्पाले स्वयम आफै स्टुडियो फिचरिङ गरेका छन् । मिन बिष्टको मिक्सिङ रहेको गीतको भिडियोलाई दिपेश राईले सम्पादन गरेका हुन् । भने उक्त भिडियोलाई प्रकाश चाम्लिङले खिचेका हुन् ।

एकदशक अघिदेखि नेपाली साँगीतिक क्षेत्रमा कार्यरत गायक तोरेम्पा हाङले यस अघि ‘दुई मुटु एकधडकन…’ लगायतका गीतहरु बजारमा ल्याईसकेका छन् भने उनले थुप्रै गीतहरुमा सँगीत पनि भरेका छन् ।

भिडियो…

प्रतिक्रिया दिनुहोस्