बिहेपछि निक र प्रियंकाः तस्विरहरु मिडियाको लागि गसिप !

बलिउड — बलिउड नायिका प्रियंका चोपडा र हलिउडका चर्चित गायक निक जोन बैबाहिक जीवनमा रमाईरहेका छन् । आफ्नो बैबाहिक जीवनमा रमाइरहे निक र प्रियंका कहिलेकाही विवादित पनि बन्ने गर्छिन् । बिहेपछि निक र प्रियंकाले सार्वजनिक गर्ने तस्विरहरु मिडियाको लागि गसिप बन्ने गरेका छन् ।

अहिले पुन प्रियंका र निकको एक फोटो भाइरल भइरहेको छ । उनीहरुले पार्किङ स्थलमा गरेको चुम्बनको फोटो अहिले सामाजिक संजालमा भाइरल छ ।

पापाराजीले खिचेको उक्त फोटो डेलीमेलमा सार्वजनिक भएपछि भइरल भएको थियो । उक्त फोटोमा प्रियंका र निकले कालो र निलो कपडा मिलाएर लगाएका छन् । गत डिसेम्बरमा बिबाह गरेका उनीहरु ६।५ मिलियन डलरमा खरिद गरिएको घरमा बस्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्