आमा-बुबाको सम्झनामा आनन्द बी.एफ.ए. रनिङ शिल्ड फुटबल प्रतियोगिता

उदयपुर — दोस्रो आनन्द बी.एफ.ए. रनिङ शिल्ड फुटबल प्रतियोगिता – २०७५ को उपाधि ब्राइट फ्युचरले हात पार्न सफल भएका छन् ।

आनन्द बि। एफ। ए। फाउन्डेसनको प्रायोजनमा चौदण्डीगढी नगरपालिका—३ स्थित बेल्टारमा ब्राइट फ्युचरद्धारा अयोजित उक्त प्रतियोगिता हुँदै आईरहेको छ । आनन्द बि. एफ. ए. फाउन्डेसनले आमा बुबाको सम्झनामा उक्त प्रतियोगतालाई प्रायोजन गर्दै आईरहेको छ । फाउण्डेशनका संयोजक आनन्द दोबालीका अनुसार फाउण्डेशनले विभिन्न रचनात्मक कार्यक्रम, विद्यार्थीहरुलाई प्रोत्सान गर्ने उदेश्यसहित विविध प्रतियोगिताहरु गर्दै आईरहेको छ । भने आनन्द दोबाली हाल बेलायतमा कार्यरत छन् ।फागुन ९ गतेदेखी सुरु भएको प्रतियोगितामा जम्मा ७ विद्यालयका खेलाडीहरुले सहभागिता जनाएका थिए ।

ब्राइट फ्युचरले बुद्धनिकेतन शनिबारेलाई १—० को गोल अन्तरले हराएपछि बुद्धनिकेतन शनिबारेले दोस्रो स्थानमै चित्त बुझाउनु परेको थियो । सेमिफाईनलमा वालविद्ध्याले ब्राइटलाई जितेर फाइनल पुगेको भएपनी बाहिरको खेलाडी टिममा लगाएको प्रमानित भएपछी आयोजकले उसलाई प्रतियोगिताबाट निश्कासन गरेको थियो । यसरी वालविध्या भागलपुर बाहिरिएपछी ब्राइटले फाइनलमा प्रबेश पाएका थिए ।

प्रथम हुने ब्राइट फ्युचरले २० हजार नगद र दोस्रो हुने बुद्धनिकेतन शनिबारेलाई १० हजार नगद र तेस्रोलाई ५ हजार नगदसहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्