धर्ती हो नारी : जस्ले दिन्छ संसार अड्याई !

Gyan_Bahadur_Lama_Dong
रचनाः ज्ञान बहादुर लामा ‘दोङ’

कविता

।। बहुरुपी नारी ।।

आमा हो नारी
जसले दिन्छ जन्म सबलाई ।
धर्ती हो नारी
जसले दिन्छ आहार उब्जाई ।।

प्रेम हो नारी
जस्ले दिन्छ संसार अड्याई ।
घाम हो नारी
जस्ले दिन्छ तापक्रम खटाई ।।

पानी हो नारी
जस्ले दिन्छ प्यास मेटाई ।
आगो हो नारी
जस्ले खुवाउछ चिजबीज पकाई ।।

फूल हो नारी
जस्ले दिन्छ हरचिज सजाई ।
गृहणी हो नारी
जस्ले दिन्छ घरबार बसाई ।।

महालक्ष्मी हो नारी
जस्ले दिन्छ सम्पत्ति जोगाई ।
महाकाली हो नारी
जस्ले दिन्छ जीवन ध्वस्त बनाई ।।

कोमल हृदय हो नारी
जो दिन्छ रोई आँसु बहाई
सहनशीलता हो नारी
जो हाँस्छ पीडा छतिमा दबाई ।।

गरौं आदर नारीको
एक आदर्श महामानव बिनी ।
गरौं रक्षा नारीको
एक निस्वार्थ अंगरक्षक बनी ॥

हुन्छ नारी जहाँ
उज्यालो छ घरबार त्यहाँ ।
हुदैन नारी जहाँ
अँध्यारो छ घर परिवार त्यहाँ ।।

आमा हो नारी…

ज्ञान बहादुर लामा ‘दोङ’

 

प्रतिक्रिया दिनुहोस्