मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना, २ जनाको मृत्यु

हेटौंडा – भक्तपुरबाट जन्ती बोकेर हेटौंठातर्फ आउँदै गरेको बस मकवानपुरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

भक्तपुरबाट हेटौंठातर्फ गएको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरुका अनुसार दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । बस सडकबाट २० मिटर तल खसेर रुखमा अड्किएको छ । दुर्घटनास्थलमा प्रहरीले उद्दारको कार्य गरिरिहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्