को हुन् महाथीर ? जसको कारण मलेशियाले छलाङ मार्‍यो

मलेसिया — पूर्वी एसिया राष्ट्रहरुमा तीब्र आर्थिक विकास गरिरहेको मलेसिया बहुजातीय र बहुसाँस्कृतिक मुलुक हो । मलेसियामा मुस्लिम धर्म मान्नेहरु धेरै छन् । यसका अलवा बौद्ध धर्म र हिन्दु धर्म मान्नेहरु पनि रहेका छन् ।
मलेसियाको उद्योग व्यवसायको ठूलो हिस्सा चिनियाँ मुलका उद्यमी र व्यवसायीको हातमा छ । ६० प्रतिशत मलायाहरु रहेको मलेसियामा २६ प्रतिशत चिनिया मुलका मानिसको बसोवास बस्छन् भने भारतीय मुलका मानिसको बसोवास पनि उल्लेख्य रहेको बताईन्छ ।

मलेसियाको आर्थिक विकासको गतिको विशेष भुमिका भने डा. महाथीर विन मोहम्मदलाई मानिन्छ । डा. महाथीर विन मोहम्मद मलेसियाका चौथो प्रधानमन्त्री थिए। १६ जुलाई १९८१ देखि २००३ सम्म प्रधानमन्त्री बनेका महाथीरको २२ वर्षको कार्यअवधिमा मलेशियाले धेरै आर्थिक प्रगति गरेको बताइन्छ ।
को हुन् त डा. महाथीर ?
महाथीर सन् १९२५ डिजेम्बर २० मा जन्मिएका थिए। पछी सन् १९४५ देखि उनि राजनीतिमा सक्रिय भएका थिए । पहिलो पटक सन् १९६४ मा सांसद् मा निर्वाचित भएका महाथीर सन् १९६८ मा उच्च शिक्षा परिषद्को अध्यक्ष बनेका थिए । सन् १९७१ मा मलेसिया सरकारले उनैको आर्थिक विकास सम्बन्धी योजनालाई नयाँ आर्थिक नीतिको रूपमा अबलम्बन गरेको बताइन्छ ।

सन् १९७३ मा पुनः उनि सांसदमा नियुक्त भए । त्यसपछी फेरी उनि सन् १९७४ मा शिक्षा मन्त्री र राष्ट्रिय विश्वविद्यालय परिषद्को अध्यक्ष बने। सन् १९७६ मा उपप्रधान एवं व्यापार तथा उद्योग मन्त्री बने । महाथीर सन् १९७५ मा युनाइटेड मल्याज नेशनल अग्रनाइजेसनको उपाध्यक्ष पनि भएका थिए। सन् १९८१ मा पार्टी अध्यक्षमा नियुक्त भएका महाथीर १९८४ मा निर्विरोध रुपमा पार्टी अध्यक्ष बनेका थिए ।

मलेसियामा कम्प्युटरका चिप्स, कार्ड तथा मोटर र मोटर पार्टसहरुका काम हुन्छन् । उद्योगका साथै पर्यटन र कृषि पनि मलेसियाको आम्दानीको श्रोत हो ।

कस्तो देश हो मलेसिया ?

मलेसियामा आन्तरिक सुरक्षा, ट्राफिक र कामदार कानुन निकै कडा छन् । कानुन अनुसार नै यहाँका सुरक्षा अंगले शंकाकै आधारमा कसैलाई पनि गिरफ्तार गर्न र थुन्न पाउँछन् । मानव अधिकारको पालनको हिसावले विश्व समुदायले मलेसियाको आलोचना गर्छ ।

मलेसियाको राजधानी क्वालालम्पुर हो । मलेसियाको मुद्रालाई रिंगिट भनिन्छ । नेपालको विनिमय दर अनुसार एक रिंगिट बरावर नेरु २७ को हाराहारी हुन्छ । यो विनिमय दर अमेरिकी डलरको भाउसँगै तलमाथि हुन्छ ।

भाषा मलेसिया मलाया मलेसियाको राष्ट्रिय भाषा हो । तर चिनियाँ र तामिल भाषा पनि चलन चल्तिमा छ र अंग्रेजीको सामान्य प्रयोग हुन्छ । ५५ प्रतिशत मुस्लिम र १७ प्रतिशत बौद्ध धर्मावलम्वीको बसोवास रहेको मलेसियामा हिन्दु धर्म मान्नेहरु ७ प्रतिशत छन् ।

मलेसियामा काम गर्न गएका मध्ये धेरैजसो नेपाली राजधानी क्वालालम्पुर, जोहार बारु, पेनाङ लगायतका शहरमा कार्यरत छन् । धेरैजसो नेपालीले कलकारखानामा मजदुर, सुरक्षा गार्ड, होटल, रेष्टुराँमा काम गर्छन् । यसैगरी ईपो, मलक्का लगायतका क्षेत्रमा कृषि क्षेत्रमा पनि नेपाली कामदार कार्यरत छन् । नेपाली जस्तै यहाँ अरु देशका कामदार पनि धेरै छन् । मलेसियामा काम गर्ने विदेशी कामदारमा सवैभन्दा बढी ईण्डोनेसियालीहरु छन् । नेपालीहरुको संख्या दोश्रो नम्वरमा पर्छ ।

मलेसियामा काम गर्ने नेपालीले भोगिरहेको सवैभन्दा ठूलो समस्या कार्यथलोमा हुने दुर्घटना र सडक दुर्घटना हुन् । मलेसियामा नेपालीको ज्यान जाने मुख्य कारणमा सडक दुर्घटना रहेको छ । त्यसैले मलेसिया जान चाहनेले सडक प्रयोगका बारेमा राम्रोसँग बुझेर मात्रै जानु पर्छ ।

जहा राजा पनि निर्वाचित हुन्छन् !

प्रतिक्रिया दिनुहोस्