किन जाँदैछन् प्रचण्ड अमेरिका ?

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका जाँदैछन् । पत्नी सीता दाहालको उपचारका लागि उनी आज साझँ अमेरिका प्रस्थान गर्ने बताइएको छ ।

श्रोतका अनुसार उनीसँगै छोरीज्वाइँ गंगा र जीवन आचार्य पनि रहने बताएको छ । पार्किन्सन रोगबाट ग्रसित सीता दाहाललाई सुगर र उच्च रक्तचापको समस्या पनि छ । छोरा प्रकाशको गत वर्ष निधन भएपछि सीता थप बिरामी छिन् ।

प्रतिक्रिया दिनुहोस्