रङ्गहरुको पर्व: होलीमा रंगिएको काठमाडौं (फोटोफिचर)

काठमाडौँ – मुलुकभर यतिबेला फागु पूर्णिमाको रौनक छाएको छ । फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यस होली पर्वमा विशेष युवायुवतीहरु रंगहरुसँगै रमाउने गर्दछन् ।वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । धेरैले एकैनासको टिसर्ट लगाएका छन् भने कतिपयले अनुहार पेन्ट गरेका छन् । नाचगान पनि भइरहेको छ ।

काठमाडौं उपत्यका लगायतका पहाडी जिल्लाहरुमा निकै हर्षोल्लासका साथ होली मनाइएको छ । काठमाडौंका वसन्तपुर, ठमेल, बानेश्वर लगायतका स्थानमा सर्वसाधारणले निकै रोमाञ्चक र उमंगका साथ होली मनाएका छन् ।
वसन्तपुरमा देखिएका केही रोमाञ्चक दृष्य :

 

प्रतिक्रिया दिनुहोस्