स्तन क्यान्सरः यसरी गर्न सकिन्छ रोकथाम

काठमाडौं  – स्तन क्यान्सर प्रायः दुग्ध उत्पादन गर्ने नलीबाट सुरु हुन्छ । तर कहिलेकाहीँ तन्तुहरूको झुप्पाबाट पनि सुरु हुन्छ । स्तन क्यान्सर शरीरको कुनै पनि भागमा फैलिन सक्छ ।

स्तन क्यान्सर महिलाहरुमा सबैभन्दा बढी देखिने क्यान्सरहरुमध्ये स्तन क्यान्सर पनि एक हो । विश्वमा सन् २०१५ स्तन क्यान्सरको कारणले ५ लाख ६१ हजार महिलाको मृत्यू भएको बताइन्छ । जुन महिलाहरुमा क्यान्सर सम्बन्धी मृत्यूको करीब १५ प्रतिशत हुन आउँछ ।

स्तन क्यान्सर एउटै परिवारमा एक भन्दा बढीलाई हुन सक्छ । जसलाई पारिवारिक क्यान्सर पनि भनिन्छ । यसमा वंशाणुगत कारण धेरै हुने बताइन्छ ।

स्तन क्यान्सर फैलिएमा हड्डी, कलेजो, फोक्सो तथा मस्तिष्कमा पनि ट्युमर हुन सक्ने सम्भावना उच्च रहन्छ । समयमै रोगको निदान र उपचार गर्ने ९६ प्रतिशत महिलाहरू पाँच वर्षपछि क्यान्सररहित हुन्छन् । ८० प्रतिशतभन्दा बढी स्तनका गिर्खा क्यान्सर नहुने प्रकृतिका हुन्छन् । स्तन क्यान्सर जुनसुकै उमेरका किशोरी तथा युवतीलाई पनि हुनसक्छ ।

क्यान्सर भएको कसरी थाहा पाउने ?

स्तन क्यान्सरको परीक्षण सजिलै गर्न सकिन्छ । नियमित रूपमा आफैँले आफ्नो परीक्षण गर्ने, चिकित्सकबाट परीक्षण गराउने, स्तनको गिर्खा जाँच गर्न म्यामोग्राफी गर्ने, गिर्खाभित्र ठोस वा तरल पदार्थ के छ भन्ने पत्ता लगाउन स्तनको अल्ट्रासाउन्ड गर्ने, क्यान्सर पत्ता लगाउन बायोप्सी, सिटिस्क्यान, एमआरआई, पीईटी स्क्यान, छातीको एक्सरे, लिम्फ ग्रन्थिको बायोप्सी आदि परीक्षणहरू गराउन सकिन्छ ।
म्यामोग्राफीबाट नै पहिलोपटक स्तन क्यान्सरको निदान गर्न सकिन्छ । २० वर्षसम्मको उमेरमा परविर्तनको लक्षण थाहा पाउन महिनाको एकपटक आफैँले आफ्नो स्तन परीक्षण गर्ने । २०–३९ वर्षको उमेरमा प्रत्येक तीन वर्षमा चिकित्सकद्वारा स्तन परीक्षण गराउने ।

स्तन क्यान्सरका लक्षणहरु

स्तन क्यान्सरको प्रारम्भिक अवस्थामा कुनै पनि लक्षणहरू देखिँदैनन् । स्तन वा पाखुरामुनि गिर्खा हुनु, गिर्खा कडा, अनियमित तथा नदुख्ने प्रकृतिको हुनु ।
स्तन वा स्तनको मुन्टोको आकार परविर्तन हुनु । जस्तै स् रातोपना, चाउरएिजस्तो, सुन्तला रङको, मुन्टो स्तनतिर फर्किएको, मुन्टो वरपिरकिो छालामा कत्ला निस्केको वा सुन्निएको ।
स्तनबाट दूधबाहेकको तरल पदार्थ जस्तै रातो, सफा वा पहेँलो, हरीयो अथवा पीपजस्तो आउनु, स्तनको मुन्टो दुख्नु, स्तनमा निको नहुने घाउ हुनु, गम्भीर अवस्थामा हाड दुख्नु, स्तन दुख्नु, स्तनमा घाउ आउनु, पाखुरा सुन्निनु, वजन घट्नु । तर सबै गिर्खाहरू क्यान्सर भने होइनन् ।

जोखिमका कारणहरु
— परिवारमा कसैलाई स्तन क्यान्सर भएमा
— वंशाणुगत कारण जस्तै आमा, दिदी, बहिनी, छोरी वा नजिकका नातेदारहरुमा स्तन क्यान्सर भएमा ।
— स्तनपान नगराउने महिलाहरुमा जोखिम हुन्छ ।
—स्तनमा पहिला देखिनै गाँठा गुठी भएमा
— अविवाहित प्रौढ महिला तथा धेरै मोटो महिलामा ।
—सुर्तिजन्य पदार्थ सेवन गर्ने महिलामा पनि जोखिम हुन्छ ।
—हार्मोनको असरले चाँडै महिनावारी सुरु हुनु । ढिला महिनावारी सुक्नु ,ढिलो उमेरमा पहिलो सन्तान जन्माउनुले पनि जोखिम हुन्छ ।
लक्षण
–स्तन क्यान्सरको सुरुवातमा केही लक्षण नहुँन पनि सक्छ ।
— स्तनको आकार परिर्वतन हुनु स्तनमा गिर्खा फेला पर्नु ।
— कहिलेकाहिँ स्तनको वरिपरिको छाला परिवर्तन भई चाउरी पर्ने
— स्तनको मुन्टोबाट रगत तथा पिप मिसिएको दुध आउनु ।
— स्तनमा लामो समयसम्म निको नहुने घाउ हुनु ।
— स्तनको मुन्टो गाडिनु ।
स्तन क्यान्सरको रोकथाम
— समयमा विवाह गरी सन्तान जन्माउने र स्तनपान गराउने ।
—चिल्लो तथा बोसोयुक्त खानेकुरा कम खाने ।
—नियमित व्यायाम गरी मोटोपन घटाउने ।
—सूर्तिजन्य पदार्थको सेवन नगर्ने ।
—समय समयमा स्तनको परीक्षण गर्ने ।
स्तन क्यान्सरको परीक्षण विधि
–वर्षको एकपटक मेमोग्राम,अल्ट्रासाउण्ड,एफएनएसि र वायोप्सी गराउने ।
–स्तनमा खिर्गा फेला परेमा चिकित्सकलाई देखाउने ।
– ४० वर्ष मुनिका महिलाहरुले स्तनको अल्ट्रासाउण्ड गराउने ।४० वर्ष पुरा भएमा मेमोग्राम गराउने । स्तन क्यान्सर पारिवारिक क्यान्सर पनि भएकाले परिवारका सदस्यलाई स्तन क्यान्सर भएको छ भने परिवारका अन्य सदस्यले पनि परीक्षण गराउन अत्यन्त जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्