निर्दयी भगवान : छैन आँखा तिम्रो देख्ने घुसखोरी-भ्रष्टचारी !

Gyan_Bahadur_Lama_Dong
रचनाः ज्ञान बहादुर लामा ‘दोङ’

कविता

॥ निर्दयी भगवान ॥

लग्यौ बस्ती गरिबको
सबै तिमीले बड़ारी ।
होइनौ तिमी भगवान
हौ राक्षस विनाशकारी ॥

छैन आँखा तिम्रो देख्ने
घुसखोरी र भ्रष्टचारी ।
राख्छौ जोगाई सब लाई
पापी त्यो बलात्कारी ॥

मोज गर्छन महलमा
जिउ ज्यान छ सरकारी ।
शंका लाग्छ हामीलाई
हो त्यो तिम्रै कर्मचारी ॥

निर्दोष बिचरा गाउँलेको
के नै थियो दोष भन ।
अन्जान बालबच्चा मार्ने
कति निष्ठुरी तिम्रो मन ॥

कमजोर झोपडी बस्तीमा
डोजर तिमीले कूदायौ ।
अमर प्रेममा बाँधिएको
परिवारहरु तिमीले छुटायौ ॥

पापी निर्दयी हौ भनी
तिमीलाई किना नभन्ने ।
दुःख र पीडा मात्र दिन्छौ भने
भगवान भनी किन मान्ने ॥

रचना_ज्ञान बहादुर लामा “दोङ”

प्रतिक्रिया दिनुहोस्