आईपीएलको १६ औं म्याच: दिल्लीको फेरि हार, हैदरावाद विजयी

काठमाडौं — सनराइजर्स हैदरावादले दिल्ली क्यापिटललाई पाँच विकेटले आईपीएलको १६ औं म्याचमा हराएको छ । १३० रनको लक्ष्यलाई हैदरावादले १८.३ ओभरमा हासिल गरेको हो ।

हैदरावादको यो दिल्लीविरुद्ध लगातार तेस्रो जित रहेको छ । हैदरवादका लागि जोनी बेयरस्टोले सर्वाधिक ४८ रन बनाए । उनले २८ बलमा नौ चौका र एक छक्का प्रहार गरे । बेयरस्टोले डेभिड वार्नरसँग पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेर वार्नर १० रनमा आउट भए ।मोहम्मद नबी नौ बलमा १७ रन बनाउँदै अविजित रहे । यस्तै विजय शंकरले १६ रन योगदान गरे ।दिल्लीका लागि सन्दीप लामिछाने, अक्षर पटेल, कगिसो रबाडा, राहुल तेवतिया र इशान्त शर्माले एक-एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्