दुनियाँकै सबैभन्दा महँगो सम्बन्धविच्छेद

बीबीसी – संसारका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस र उनकी पत्नी मक्केन्जी अहिलेसम्मकै सबैभन्दा महँगो ३५ बिलियन अमेरिकी डलरको लगभग ३८ अर्ब नेपाली रुपैयाँ सम्बन्धविच्छेदका लागि सहमत भएका छन्।

बीबीसीका अनुसार संसारका सर्वाधिक धनाढ्य व्यक्ति जेफ बेजोस र उनकी श्रीमती म्याकेन्जीले सम्बन्धविच्छेदका लागि गरेको सम्झौताले रेकर्ड ब्रेक गरेको हो । सम्बन्धविच्छेदका लागि बेजोसले श्रीमतीलाई ३५ बिलियन डलर ९३५ खर्ब रुपैयाँ० को सम्पत्ति दिनेछन् ।

२५ वर्षअघि विवाह गरेको यो जोडीले एमेजनको १ खर्ब ४३ अर्ब डलरको सेयर बाँडफाँड गरेका छन् । उक्त सम्झौता अनुसार जेफ बेजोसले सन् १९९४ मा स्थापना गरेको कम्पनी एमेजनमा १२ प्रतिशत सेयर हुनेछ भने म्याककेन्जीको चार प्रतिशत सेयर हुनेछ ।

म्याककेन्जीले वासिङ्टन पोस्ट पत्रिका र बेजोसको पर्यटनसम्बन्धि कम्पनी ब्लू ओरिजिनको सबै ब्याज बेजोसलाई दिनेछिन् ।

यी दुईको सम्बन्धविच्छेदले यसअघि ३.८ बिलियन डलर (४ खर्ब १९ अर्ब रुपैयाँ) को ‘डिभोर्स सेटलमेन्ट’ गरेका कला व्यापारी एलेक वाइल्डेन्सटिन र उनकी श्रीमती जोसेलिनको रेकर्ड तोडेको छ ।

म्याककेन्जीले यसबारे ट्वीटरमा घोषणा गरेकी हुन् । उनले लेखेकी छिन्, ‘सम्बन्धविच्छेदको प्रक्रिया समाप्त गर्न प्रत्येकले गरेको सहयोगका लागि आभारी छु ।’

सम्झौता अघि बेजोसको एमेजनमा १६.३ प्रतिशत सेयर थियो । बेजोसको अमेजनमा ७५ प्रतिशत स्वामित्व रहनेछ । तर म्याककेन्जीले आफ्नो सबै अधिकार पूर्व श्रीमानलाई हस्तान्तरण गरेकी छिन् ।

चार सन्तान भएका यो जोडी सन् १९९४ देखि सँगै थिए । म्याककेन्जी एमेजनकी पहिलो कर्मचारी थिइन् ।

सम्बन्धविच्छेदको सम्झौतापछि म्याककेन्जी संसारको तेस्री धनी महिला हुनेछिन् भने फर्ब्स अनुसार जेफ बेजोस संसारकै धनाढ्यको शीर्ष स्थानमा रहिरहनेछन् ।https://twitter.com/JeffBezos/status/1113851402965487616

प्रतिक्रिया दिनुहोस्