च्याम्पियन्स लिग फुटबल: पोर्टोमाथि लिभरपुलको जित

काठमाडौं —च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले एफसी पोर्टोलाई पराजित गरेको छ ।

मंगलबार राति आफ्नै मैदानमा भएको खेलमा लिभरपुलले पोर्चुगलको क्लब पोर्टोलाई २—० गोलअन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा नवी केइटा र रोबेर्टो फिरमिन्होले गोल गरेका हुन् ।

लिभरपुलले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको पाँचौ मिनेटमा नै केइटाले गोल गर्दै १—० गोलको अग्रता दिलाएका थिए । खेलको सुरुवाती समयदेखि नै दबावमा राखेको लिभरपुलले २६औं मिनेटमा अर्को गोल थप्न सफल भयो । यो पटक भने फिरमिन्होले गोल गरेका थिए ।

पहिलो हाफमा २—० गोलले अघि रहेको लिभरपुलले दोस्रो हाफमा पनि आफ्नो दबावलाई कायमै राखेको थियो । तर गोल गर्न भने सकेन ।

प्रतिक्रिया दिनुहोस्