‘राई इज किङ’ले ल्याए ‘दर्शन नमस्ते-४’

काठमाडौं – लोकप्रिय गायक राजेशपायल राईको ‘दर्शन नमस्ते’–४ सार्वजनिक भएको छ । ‘राई इज किङ’ ‘मेघास्टार’ उपनाम पाईसकेको राईको ‘दर्शन नमस्ते’ शृंखलाअन्तर्गतको नयाँ एल्बम दर्शन नमस्ते–४ मंगलबार राजधानीमा सार्वजनिक गरिएको हो ।

सार्वजनिक एल्बम ‘दर्शन नमस्ते–४’ मा ७ वटा गीत समावेस छन्। जसमा ‘टाइटल गीत ३ वटा छन् । अन्य मोहनी, केकी, तिमी बिना र यी दुःखहरु लगायत छन् ।

एल्बममा समावेस गीतहरुमा उत्तमजंग लिम्बू, डम्बर नेपाली, महेश खड्का, भद्रकला आङ्बुहाङ राई, विशाल राई हसिन, बसन्त सापकोटा र टिका चाम्लिङको शब्द रचना र उत्तमजंग लिम्बू, डम्बर नेपाली, महेश खड्का, बादल लिम्बू, सन्तोषराज, महाराज थापा र अम्बर गुरुङको संगीत छ।

नेपाली गायन क्षेत्रमा मेघास्टारको रुपमा चर्चित राईले एक समारोहबीच एल्वम दर्शन नमस्ते–४ सार्वजनिक गरेका हुन् । वरिष्ठ संगीतकर्मी तथा कलाकार भैरवबहादुर थापा लगायतले उक्त एल्बम सार्वजनिक गरेका हुन् ।

सयौं फिल्म तथा आधुनिक गीत लगायत थुप्रै भाषामा आफ्नो आवाजमा गीतहरु रेकर्ड गराई सकेका राईको दर्शन नमस्ते–४ १९औँ एल्बम हो ।

प्रमुख अतिथि थापाले ‘दर्शन नमस्ते—२’ सार्वजनिक गर्दै अझ सफलताको शुभकामना व्यक्त गरे । थापाले किङको पाइलाले यसरी नै अटुट सफलता पाउँदै जाउन, शुभकाना।’

प्रतिक्रिया दिनुहोस्