प्रधानमन्त्रीको प्रश्नः के सगरमाथाको उचाइ घटेको हो?

सगरमाथाको उचाई मापन गरिँदै

काठमाडौं — बुधवार विहान सगरमाथाको उचाइ मापन गर्न जाने सरकारी टोलीलाई बिदाइ गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्न गरे – के सगरमाथाको उचाइ घटेको हो ?

उनले भने — के चार वर्षअघिको विनाशकारी भूकम्पले विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाइ घटेकै हो र ?  प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ मापन गर्न जाने सरकारी टोलीलाई बिदाइ गर्ने क्रममा प्रधानमन्त्रीले आफूलाई भने पत्यार नलागेको बताए ।

प्रधानमन्त्री निवास बालुवाटारबाट नापी विभागको टोली विदाइ गर्दै उनले भने—भूकम्पले सगरमाथाको उचाइ घटेको भन्ने छ । तर, मलाई भरपर्दो लागेन ।  प्रधानमन्त्री ओलीले विदेशीहरुले विभिन्न समयमा फरक—फरक उचाइ पेश गरे पनि आफूलाई भने विश्वास नलागेको बताए ।

सगरमाथाको उचाई मापन कार्य पहिलो पटक नेपालले आफ्नै साधान स्रोतमा गर्न लागेको हो । उचाई मापन गर्न भूमि व्यवस्था, सकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गत नापी विभागको टोली बुधबार सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेको छ ।

सगरमाथाको उचाई मापन गर्न जाने प्रमुख नापी अधिकृत खिमलाल गौतम नेतृत्वको टोलीलाई बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विदाई गर्दै सफलताको शुभकामना दिए।

प्रतिक्रिया दिनुहोस्