बेलायतमा संसद् बैठक चलिरहेकै बेला अर्धनग्न प्रदर्शन !

बेलायत — सुन्दा अचम्म लाग्न सक्छ । तर, बेलातको संसद हाउसमा चलिरहेको बैठकस्थलमै अर्धनग्न प्रदर्शन गरिएको छ । बेलायतको संसद हाउस अफ कमन्समा संसद् बैठक चलिरहेका बेला वातावरण अभियानको क्षेक्रमा सत्रिय कार्यकर्ताहरूले बैठकस्थलमै अर्धनग्न प्रदर्शन गरेका हुन् ।१२ जना प्रदर्शनकारीले शरीरमा मौसम परिवर्तनको दोष पश्चिमी मुलुकहरूले लिनुपर्ने देखि सरकारी तवरबाटै मौसम सुधार गर्ने प्रतिबद्धता आउनुपर्ने मागहरू लेखेर विरोध प्रदर्शन गरेका थिए ।

यो प्रदर्शनमा विभिन्न सामाजिक संस्थाका अतिरिक्त सिइओ, वैज्ञानिक, अन्वेषकदेखि सञ्चारकर्मीजस्ता पेसाकर्मीहरूसमेत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्