हावाहुरी पीडितलाई गण्डकी प्रदेशको एक करोड

काठमाडौं — बारा र पर्साका हावाहुरीबाट प्रभावितलाई गण्डकी प्रदेश सरकारले प्रदेश २ सरकारलाई १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

हावाहुरीबाट प्रभावितको आवास निर्माणका लागि गण्डकी प्रदेश सरकारले प्रदेश २ सरकारलाई १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने बताइएको छ ।

सकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका अनुसार प्रदेश मन्त्रिपरिषद्को बिहीबारको बैठकले सो रकम सहयोग गर्ने निर्णय गरेको हो ।

यही चैत १७ मा बारा र पर्सामा आएको हावाहुरीबाट प्रभावितलाई आवास बनाउन सो रकम सहयोग गरिएको उनले बताए ।

यसैबीच, मन्त्रीपरिषद बैठकले प्रदेशसभाको चालू हिउँदे अधिवेशन आगामी बैशाख ७ मा अन्त्य हुनेगरी प्रदेश प्रमुखको कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्