लुक्ला विमान दुर्घटना : मृतकको संख्या ३ पुग्यो

काठमाडौं — सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ ।

काठमाडौं ल्याउने क्रममा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको मृत्यु भइसकेको थियो । एयरहोस्टेज भने सकुशल छिन् ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाका अनुसार पार्किङ गरी राखिएको हेलिकप्टरसँग काठमाडौंका लागि उड्न लागेको समिट एयरको विमान धावनमार्गबाट चिप्लिएर ठेक्किँदा दुर्घटना भएको हो । आइतबार बिहान समिट एयरको हवाई जहाज उड्ने क्रममा पार्किङ गरेर राखिएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएको थियो । ‘हवाईजहाज चिप्लिएर अनियन्त्रित भइ हेलीप्याडसम्म पुगेर ठोक्किएको प्रारम्भिक रिपोर्ट आएको छ,’ प्रजिअ रानाले भने ।

दुर्घटनामा समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन घाइते भएको बताएको छ । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । क्याप्टेन रोकायाको अवस्था गम्भीर रहेबो खबर छ ।

दुर्घटनामा समिट एयरकी एयर होस्टेस आर. लामा र ४ यात्रुको अवस्था सकुशल रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्