कुलमान घिसिङको नाममा बन्यो गीत ! वाह-वाह कुलमान (भिडियो)

काठमाडौं — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा वाह वाह कुलमान बोल रहेको गीत सार्वजनिक भएको छ । चमत्कारको शैलीमा लोडसेडिङ हटाइदिने कुलमानको आज सबैतिर वाहवाही भइरहेको छ, जसका हकदार उनी विशेष हुन् । यो अभियानमा कुलमान सँगै उनका सहयोगी कर्मारीहरु पनि छन । उनी कार्यकारी निर्देशक बनेपछि धेरै कर्मचारीमा काम गर्ने उत्साह बढेको बुझिन्छ ।

साहित्यकार तथा फिल्म निर्माता ज्ञान बहादुृर लामाले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । गायक डुक्पा लेप्चा र डुडसको आवाजमा ‘वाह वाह कुलमान’ बोल रहेको गीतको लिरिकल भिडियो नयाँ बर्षको उपलक्ष्यमा युटुवमार्फत सार्वजनिक गरेका हुन् ।

ज्ञानबहादुर लामाले नै शब्द रचना गरेको गीतलाई गायक स्वयंम डुक्पा लेप्चाले नै सँगीत भरेका छन् । धेरै वर्षदेखि भयावह रुप लिइरहेको लोडसेडिङ हटाउने प्रमुख पात्र हुन् कुलमान घिसिङ । उर्जामन्त्री जनार्दन शर्माले मुकेशराज काफ्लेलाई हटाएर घिसिङलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको केही महिनापछि नै काठमाडौंमा लोडसेडिङ हुन छाडेको थियो ।

१८ घन्टासम्म लोडसेडिङ खेपेका उपत्यकाबासीहरु अहिले २४ घन्टा निश्चिन्त भएर विजुली बालिरहेका छन् । उपत्यका बाहिर पनि लोडसेडिङ न्यून हुँदै गएको छ ।

गीतमा कुलमानको बयान गरिएको छ । राष्ट्रिय भाव र काम गर्नेहरुलाई सम्मान, उत्साह र साथ दिनु पर्छ भन्ने भाव रहेको गीतलाई मल्स स्टुडियो पाटनमा रकेर्ड गरिएको हो । यसअघि साहित्यकार लामाले युवाहरु हो बोल रहेको गीत सार्वजनिक गरेका थि । केहि बर्ष पहिल्यै साहित्यकार लामाले ‘यो कस्तो प्रेम’ फिल्म पनि निर्माण गरिसेका छन भने, उनले थुप्रै कविताहरु रचना गरिसकेका छन् । आफ्नो कवितासंग्रह र आगामी नयाँ गीत र भिडियो ल्याउने बताएका छन ।

गीतकको लिरिकल भिडियो…

प्रतिक्रिया दिनुहोस्