बझाङमा गयो ४.८ रिक्टर स्केलको भूकम्प

काठमाडौं — सोमबार बिहान बझाङमा भूकम्पको धक्का महसुस भएको छ । ४.८ रिक्टर स्केलको भूकम्प जिल्लाको जयपृथ्वी केन्द्रबिन्दु भएर गएको खबर छ । भुकम्प मापन केन्द्रका अनुसार बिहान ४ः२७ मा गएको भूकम्पको धक्का बझाङसँगै आसपासका जिल्लाहरुमा महसुस भएको हो ।

गोरखा केन्द्रविन्दु भएर ०७२ वैशाख १२ गते विनाशकारी भूकम्प गएको थियो । उक्त भूकम्पपछि लामो समयसम्म पराकम्पको महसुस भएको थियो । केन्द्रका अनुसार, सोमबार बिहान बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्प नयाँ हो ।

प्रहरीका अनुसार भूकम्पले स्थानीय त्रसित बने पनि मानवीय तथा भौतिक क्षति भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्