नेपाल यू-१९ विश्वकपमा छनौट हुन सकेन

काठमाडौं — नेपाल यू—१९ विश्वकपमा छनोट हुन असफल भएको छ । २०२० को यू—१९ विश्वकप क्रिकेट नेपाल गुमाएको हो ।

बिहीबार मलेसियामा सम्पन्न छनोट प्रतियोगितामा यूएईसँग व्यहोरेको एक रनको हार नेपाललाई घातक बनेको हो ।

प्रतियोगिताको अफ्नो अन्तिम खेलमा नेपालले कुवेतले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको छ ।

तर, अको खेलमा यूएईले ओमानमाथि १० विकेटको शानदार जित हात पारेको छ । यससँगै ५ खेलबाट १० अंक जोडेको यूएई विश्वकपमा छनोट भयो ।

प्रतिक्रिया दिनुहोस्