भाषण गर्दागर्दै पटेललाई थप्पड (भिडियो)

काठमाडौं — कांग्रेस आईका नेता हार्दिक पटेललाई मञ्चमा भाषण गर्दा गर्दै एक ब्यक्तिले थप्पड हानेका छन्। गुजरातको सुरेन्ददरनगर जिल्लामा आयोजित ‘जन आक्रोश सभा’का क्रममा यो घटना भएको बताइएको छ ।

पटेलले भाषण गरिरहँदा एक व्यक्ति दायाँ तर्फबाट मञ्चमा उक्लिएर उनलाई अनायास थप्पड हानेको भिडियो फुटेज टेलिभिजन विभिन्न सामाजिक सञ्जालमा देखिएको छ । थप्पड प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

पटिदार आन्दोलनबाट उदाएका दलित नेता पटेल पछिल्लो समयमा कांग्रेस आईमा प्रवेश गरेका थिए । कांग्रेसको चुनावी अभियानमा सेलिब्रेटी बनिरहेका पटेलले कृषक र बेरोजगारीको मुद्दा उठाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्