धादिङमा बस दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं — आइतबार काठमाडौंबाट मनकामना जाँदै गरेको मिनिबस धादिङमा दुर्घटना भएको छ । बेनिघाट रोराङ गाउँपालिका—३ स्थित सलाङकोटमा बा४ख १४१५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बस घुम्तिबाट २५ मिटर तल खसेको छ ।

इलाका प्रहरी कार्यालय गजुरीकाका अनुसार दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । उनीहरुको उद्धार गरी उपचारको लागि काठमाडौं पठाइएको बताइएको छ । बसमा कतिजना यात्रु थिए एकिन विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्