दोबालीहरुको बनभोज: जब सचिनले गाए रेशम फिरिरि…

ललितपुर — ‘खोटाङ सुगम स्टार’ भएपछि साँगीतिक क्षेत्रमा झनै झुमेका सचिनलाई साँगीतिक कार्यक्रमले यतिबेला भ्यानभ्याई हुन्छ । विशेष गरी आधुनिक गीतमा रुची राख्ने सचिनमा सबै खाले गीत गाउन सक्ने क्षमता र भर्सटायल आवाज छ । सचिन पछिल्लो समय साँगीतिक स्टेज कार्यक्रमहरुमा ब्यस्त रहेको बताउँछन ।
देश विदेशको विभिन्न साँगीतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुती दिईसकेका सचिन भर्खरै मात्र एक कार्यक्रममा आफ्नो युवती फ्यानहरुमाझ सँगै देखिए । दर्शकसँगै गाउँदा कहिले केटा त कहिले केटिलाई झुरुक्कै नाच्न उठाउने सचिनको प्रस्तुतीलाई उक्त कार्यक्रममा पनि उपस्थित धेरैले रुचाए ।शनिवार ललितपुरको महालक्ष्मी नगरपालिका – १० स्थित लाकुँरी भञ्ज्याङमा गायक सचिनले आफ्नो फ्यानहरुसँगै स्टेज तताएका छन् ।

चाम्लिङ दोवालिछा समाजले आयोजना गरेको बनभोज तथा साँगीतिक कार्यक्रममा गायक सचिन राई र राज वाम्बुले राईले आफ्नो गीतहरु प्रस्तुत गरे । संस्थाको महासचिव राजेन्द्र दोबालीले सञ्चालन गरेको कार्यक्रममा जब दोस्रो पटक सचिनलाई गीतको लागि मञ्चमा बोलाईयो उनले माइक हातमा लिन साथ डान्सिङ गीतहरु गाउन थाले । उनले एकदेखि अर्को गीतहरु प्रस्तुत गर्दै गर्दा दर्शकहरु उनीसँगै स्टेजमा नाचेका थिए । सयौँ दर्शकहरुकहरुबीच सचिनले आफ्नो गीत तिमीलाई देखेपछि प्यार बढ्यो सानु, जुन जस्तो अल्लारे बैंस, खोटाङ जिल्ला दिक्तेल बजार , रेशम फिरिरि लगायतका गीत गाएका थिए । त्यस्तै गायक राज वाम्बुले राईले आफनो फेसबुक बोल रहेको गीत र अन्य गीतहरु गाएर दर्शकलाई नचाएका थिए । चाम्लिङ दोवालिछा समाज यतिबेला वंशवाली निर्माणको अन्तिम तयारीमा लागेको छ । विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेको संस्थाले शनिवार भने बनभोज तथा साँगीतिक कार्यक्रमको आयोजना गरेको थियो ।चाम्लिङ दोवालिछा समाज अन्तर्राष्ट्रिय समितिको अध्यक्ष आनन्द दोवालीको प्रमुख आतिथ्यमा उक्त बनभोज कार्यक्रमको आयोजना गरिएको संस्थाको अध्यक्ष जित कुमार दोवालीले जानकारी दिए । उक्त कार्यक्रममा संस्थाले प्रकाशन गरेको २०७६ सालको भित्तेपात्रो आनन्द दोवाली जीवन दोवाली लगायतका हातबाट विमोचन गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्