श्रीलंका बिस्फोटः २०० भन्दा बढीको मृत्यु, विश्वभरका नेताले गरे निन्दा

काठमाडौं – श्रीलंकाको चर्च र होटलहरुमा भएको श्रृङ्खलावद्ध बिस्फोटमा परी कम्तीमा २०७ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएको बताइएको छ । श्रीलङ्काका गिर्जाघर र होटलहरूमा शृङ्खलाबद्ध विस्फोटन हुँदा दुई सय जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । ईसाई धर्मावलम्बीहरुले ‘इस्टर सन्डे’ पर्व मनाइरहेका बेला चर्च तथा होटलमा बिस्फोट भएको जनाइएको छ ।

श्रीलङ्का प्रहरीका प्रवक्ताका अनुसार अहिलेसम्म २०७ जनाको मृत्यु भएको पुष्टि भएको छ। आइतवार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा कम्तीमा छवटा विस्फोटन भएका थिए। बीबीसीका अनुसार त्यसपछि थप दुई स्थानमा विस्फोटन भए।

सबै घटनामा पाँच सयभन्दा बढी व्यक्तिहरू घाइते भएको बताइएको छ। समाचारसंस्था एएफपीका अनुसार घटनामा परेर कम्तीमा ३५ जना विदेशीको मृत्यु भएको छ।

अधिकारीहरुका अनुसार कोच्चादाईस्थित सेन्ट एन्थोनी, बाट्टीकोला र नेगोन्बा चर्चमा विस्फोट भएको छ । यस्तै कोलम्बोमा साङ्ग्री–ला स्टार, किङ्गबरी र सिनेमन ग्राण्ड होटलमा बिस्फोट भएको छ । सातौ विस्फोट चिडिया घर नजिकैको होटलमा भएको थियो ।

सरकारको कर्फ्यु लगाएको छ । त्यसपछि भएको आठौं बिस्फोटमा तीन प्रहरी पनि मारिएका छन् । प्रहरीले कोलम्बोस्थित एक घरमा खानतलासी लिइरहेका बेला विस्फोट भएको हो । दुई संदिग्धलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सरकारले तत्कालका लागि मुख्य सामाजिक सञ्जालहरु प्रयोगमा रोक समेत लगाइएको छ । ईस्टर सन्डे इसाई क्यालेन्डरमा एक ठूलो पर्व हो र यो दिन चर्चमा भेला भएर प्रार्थना गर्ने गरिन्छ । सेन्ट एन्थोनी र अन्य चर्चामा प्रार्थनाका लागि मानिसहरु भेला भएका थिए ।

पहिलो विस्फोट कोलम्बोका कोच्चकेड जिल्लाको लोकप्रिय चर्च सेन्ट एन्थोनीमा भएको थियो । त्यहाँ ठूलो क्षति भएको छ । मानवीय क्षति पनि बढी भएको छ ।

विस्फोटमा विदेशी नागरिकहरु पनि परेका छन् । ९ विदेशी नागरिकको मृत्यु भएको श्रीलंका सरकारले पुष्टि गरेको छ । घाइतेहरुको संख्या भने यकिन भएको छैन ।

<iframe width=”400″ height=”500″ frameborder=”0″ src=”https://www.bbc.com/nepali/news-48001785/embed”></iframe>

श्रीलंका सरकारले आइतबार भएको श्रृखलावद्ध विस्फोट आत्मघाती आक्रमणकारीले गराएको बताएको छ । यसको योजना विदेशमा बनेको सरकारको दाबी छ ।

रक्षामन्त्री आर विजयवर्धनले भने, ‘यो आत्मघाती आक्रमण हो र अहिलेसम्म ७ जना पक्राउ परेका छन् ।’

उनका अनुसार गुप्तचर एजेन्सीले आक्रमणबारे सर्तक गराएको थियो । तर, उनीहरुलाई रोक्नु अगाडि नै विस्फोट भएको भन्दै भने, आक्रमणको योजना विदेशमा बनेको हो ।’

विश्वभरका नेताले गरे निन्दा

घटनाको विश्वभरका नेताहरु निन्दा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाली समकक्षी रनिल विक्रमासिंगेलाई फोन गरेर घटनाको निन्दा गरेका छन् । साथै उनले आतंकवादको विरुद्धमा उभिने प्रतिवद्धता समेत जनाएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि श्रीलंका सरकार र त्यहाँका जनताप्रति सहानुभूति प्रकट गरेका छन् । उनले घटनामा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् ।
घटनापछि श्रीलङ्काका राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै देशवासीलाई शान्त रहन आग्रह गरेका थिए।

उनले फेरि आक्रमण हुन नदिन र विस्फोटन कसले गराएको हो त्यो पत्ता लगाउन सुरक्षाकर्मीहरूलाई परिचालित गरिएको बताए।

श्रीलङ्कामा देशभरि नै लागु हुनेगरी आइतवार साँझ छ बजेदेखि सोमवार बिहान छ बजेसम्म कर्फ्यू लगाइएको छ। 

श्रीलङ्काका एक वरिष्ठ पादरीले घटनापछि आइतवार साँझको प्रार्थनाका कार्यक्रम स्थगित गरिएको बताएका छन्।

प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले घटनाको निन्दा गर्दै सबैलाई शान्त रहन आग्रह गरेका छन्।

सरकारले विस्फोटनपछि विमानस्थल र अन्य संवेदनशील स्थानहरूमा सुरक्षाव्यवस्था बढाएको छ।

कर्फ्यू घोषणा गर्नुअघि नै सरकारले दुई दिन सरकारी विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।

श्रीलङ्काको वर्तमान इतिहास
सन् २००९ मा गृहयुद्ध समाप्त भएपछि श्रीलङ्कामा केही छिटपुट हिंसाका घटनाहरू हुने गरेका थिए।

त्यहाँको बहुसङ्ख्यक बौद्ध सिन्हला समुदायका मानिसहरूले मस्जिदहरू र मुस्लिमहरूको स्वामित्व रहेका सम्पत्तिमा आक्रमण गर्ने गरेका थिए।

बौद्ध र मुस्लिम समुदाबीच हिंसा चर्किँदा गत वर्ष मार्चमा त्यहाँ राष्ट्रिय सङ्कटकाल घोषणा भएको थियो।

https://www.facebook.com/watch/?v=2115694515215163

अल्पसङ्ख्यक तमिलहरूका लागि छुट्टै राज्य माग गर्दै २६ वर्ष युद्ध गरेको तमिल टाइगर्सलाई सरकारी फौजले हराएपछि त्यहाँको गृहयुद्ध सकिएको थियो। उक्त गृहयुद्धमा ७० देखि ८० हजार मानिसहरू मारिएको ठानिन्छ।

श्रीलङ्कामा धर्म
श्रीलङ्काको मुख्य धर्म थेरावादी बौद्ध धर्म हो। पछिल्लो जनगणनाका अनुसार देशमा उक्त धर्म मान्नेहरू ७०.२ प्रतिशत छन्।

बहुसङ्ख्यक सिन्हला समुदायले बौद्ध धर्म मान्छ। देशको कानुनमा पनि उनीहरूलाई प्राथमिकता दिइएको छ र संविधानमा पनि विशेषाधिकार दिइएको छ।

श्रीलङ्कामा १२.६ प्रतिशत हिन्दू र ९.७ प्रतिशत मुस्लिम जनसङ्ख्या रहेको छ। सन् २०१२ को जनगणना अनुसार त्यहाँ करिब १५ लाख पसाईहरू रहेका छन्। त्यसमध्ये अधिकांश रोमन क्याथोलिक सम्प्रदायका हुन्।

प्रतिक्रिया दिनुहोस्