नेकपाले झण्डै एक वर्षपछि टुंग्यायो ७७ जिल्लाका अध्यक्ष र सचिव

काठमाडौं — सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्ला कमिटीको पदाधिकारी टुंगो लगाएको छ । (नेकपा)ले पार्टी एकताको झण्डै एक वर्षपछि जिल्ला कमिटीको पदाधिकारी टुंगो लगाएको हो ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्लाको अध्यक्ष र सचिव टुंगो लगाएको हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिपालय बैठकले ७७ जिल्लामा अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।

बैठकमा अध्यक्षद्वय केपी ओलीसँगै पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसहित सचिवालयका नेताहरु उपस्थित थिए ।

श्रोतका अनुसार तत्कालीन एमाले र माओवादीबीच जिल्ला अध्यक्ष र सचिवमा ६०र४० ९सम्भवत ४७र३०० को भागवण्डा हुनेछ । महासचिव विष्णु पौडेलले तयार पारेको सूचीलाई अध्यक्षद्वयले अन्तिम रुप दिएपछि मात्र सार्वजनिक गरिने बताइएको हो ।

बैठकले गरेका निर्णयहरु सोमबार सार्वजनिक गरिने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्