सुम्निमा र पारुहाङ्लाई शिरमा राखेर…बिनोद र बबिनाको साकेला (भिडियो)

काठमाडौं — किराँती समुदायको महान पर्व साकेला उभौली नजिकिदै गर्दा गायक तथा सँगीतकार बिनोद खम्बुले साकेला गीत सार्वजनिक गरेका छन् । हालै युटवमार्फत सार्वजनिक गरिएको गीतमा गायिका बबिना किराँती र बिनोद खम्बुको आवाज रहेको छ ।

सुम्निमा र पारुहाङ बोल रहेको गीतमा प्रेम राई कुवासाङ्छाको शब्द रहेको छ भने स्वयंम बिनोद खम्बुले नै सँगीत भरेका छन् । एकदमै राम्रो लोकेशनमा छायाँकन गरिएको गीतको भिडियोमा साकेला शिलि प्रस्तुत गरिएको छ । चन्दु गोर्खलीले एरेन्ज गरेको गीतको भिडियोमा साजन राईको निर्देशन रहेको छ ।

‘म भर्जिन गायक’ विनोद खम्बु भन्छन् – राजेश पायलले मलाई स्थापित गरायो

त्यस्तै, मोहन कुमारको छायाँकन र अनिश तामाङले ड्रोन चलाएको भिडियोलाई अनिल कुमार महर्जनले सम्पाद खम्बुले आफ्नै आवाजमा दुई दर्जन बढी गीतहरु रेकर्ड गराईसकेका छन् ।

उनले ‘सेली आई लव यु, झझल्को आईरहन्छ सोल्टिनी भेटौला दिक्तेल बजारमा, झन झन खायो झन झन मिठो तिनपाने, बसमा छैन यो मन’ लगायत चर्चित गीतहरुको सँगीत तथा आवाज भरिसकेका छन् ।

भिडियो

बिनोद खम्बुलाई नगद सहित प्रतिभा पुरुस्कारको सम्मान

प्रतिक्रिया दिनुहोस्