गृहमन्त्रीको आग्रह- विप्लवजी अब वार्तामा आउनुपर्छ

विराटनगर — गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव समूह मूलधारको राजनीतिमा ल्याउने प्रयासमा सरकार लागिरहेको बताएका छन् ।

सरकारे विप्लव समस्याको समाधान वार्ता र संवादबाटै गर्न चाहेको बताए । प्रदेश १ मा बिहिबार आयोजित आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न विराटनगर पुगेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भने— ‘विखण्डनकारी शक्ति (सीके राउत)लाई समेत हामीले वार्ता र संवादबाटै मूलधारको राजनीतिमा अवतरण गराइसकेक्यौं । विप्लवजी पनि अब वार्तामा आउनुपर्छ’।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव समूहको गतिविधि निस्तेज पार्न सरकार सफल भएको दाबी समेत गरे । उनले भने — ‘विप्लव समूहको गतिविधि निस्तेज भएको छ ।

यसलाई पूर्ण निस्तेज पार्न सरकारले नीतिहरु अख्तियार गरेको छ’ जुन सुकै उद्देश्य बोकेका राजनीतिक दललाई शान्तिपुर्ण आन्दोलन गर्ने छुट छ । तर शान्ति सुरक्षामा खलल पुर्‍याउने छुट कसैलाई नभएको बताए ।

उनले वर्ष ०७६ लाई सरकारले समृद्धिको वर्ष मानेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्