किम र पुटिनबीच पहिलो भेटवार्ता, सम्बन्धलाई अझै सुदृढ बनाइने

उत्तर कोरियाली नेता किम जङ—अन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशबीच रहेको सम्बन्धलाई अझै सुदृढ बनाइने बताएका छन्। उत्तर कोरियाका शीर्ष नेता किम जोंग उन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच पहिलो भेटवार्ता भएको छ ।

उनीहरू बीच बिहीवार रुसको सुदूरपूर्वी भ्लादिभोस्तोक नगरनजिकै रहेको रुस्की टापुमा पहिलो पटक भेट भएको बीबीसीले उल्लेख गरेको छ ।

किम बुधबार ट्रेनबाट रुस पुगेका हुन् । दुई नेताबीचको यो भेट रुसको बन्दरगाह शहर व्लादिवोस्ताक नजिकैको रस्की द्वीपमा भइरहेको छ ।

रुसका अनुसार दुई नेताबीच कोरियाली प्रायद्वीपको परमाणु समस्यामाथि चर्चा हुनेछ तर अमेरिकासँग वार्ता विफल भएपछि किम रुससँग सहयोगको माग गर्नसक्ने धेरैले अनुमान गरेका छन् ।

दुई नेताको शिखरवार्तामा रुसले दुई पक्षबीच कोरियाली प्राय—द्वीपको ुपरमाणु समस्याुको विषयमा वार्ता हुने बताएको छ।

तर, किमले चाहिँ अमेरिकासँग वार्ता विफल भएपछि अब रुसको समर्थन खोज्ने अपेक्षा गरिएको बताइएको छ ।

डोनल्ड ट्रम्प र किमले यो वर्षको सुरुमा हानोईमा उत्तर कोरियाको परमाणुअस्त्र कार्यक्रमबारे शिखरवार्ता गरेका थिए। तर उनीहरूको बैठक कुनै सहमतिबिना सकिएको थियो। 

रुसी राष्ट्रपतिका प्रवक्ता डिमित्री पेस्कोभको भनाइमा क्रेमलिन उत्तर कोरियाको विषयमा जारी छ पक्षीय वार्ता फेरि सुरु हुनुपर्ने पक्षमा छ। उसको भनाइमा त्यो वार्ता प्रक्रियामार्फत् कोरियाली प्राय:द्वीपमा परमाणुअस्त्रको विवादलाई सम्बोधन गर्न सकिन्छ।बीबीसी

प्रतिक्रिया दिनुहोस्