डाम्ठी र फेङ्गामा सार्वजनिक भयो यस्तो गीत (हेर्नुस् भिडियो)

प्रविशा अधिकारी र शिखर थामीको देब्रे पट्टी छातीमा तिमिलाई सजाउछु नामक बोलको नयाँ गीत सार्वजनिक भएको छ । यो गीत प्रविशाको लागि अहिले सम्मकै नयाँ अनुभव हो । शिखर र प्रविशाले थामी समुदायको पहिरन डाम्ठी र फेङ्गा लगाएर यो गीत रेकर्ड गराएका हुन् ।

शब्द र सँगीत शिखर थामीको रहेको यस गीतमा गायिका प्रविशा अधिकारी र गायक स्वयम् शिखर थामीको स्वर रहेको छ ।

वान पिस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा सन्देश शाहको भिडियो कन्सेप्ट रहेको थियो । जसको क्यामरामा भने प्रकाश खत्री रहेका हुन् ।

प्रतिक्रिया दिनुहोस्