नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै महंगो, तोलाको ६५ हजार ५ सय

आज सुनको भाउ बढेर तोलाको ६५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो । गएको शुक्रबारदेखि तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस ३० डलरले बढेको छ । सोमबार प्रति औँस १४ सय ४ डलरमा कारोबार भएको सुन मंगलबार १४ सय ३५ डलर पुगेको हो । डलर कमजोर हुँदा लगानीकर्ताको आकर्षण सुनमा परेकाले भाउ महंगो भएको शाक्यको भनाइ छ । चाँदी भने गएको शुक्रबारदेखि नै तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्