गलबन्दीको गाँठो फुक्यो, राई र सपुत बीच सहमति

११ असार, काठमाडौं – शम्भु राईको देउँसी भैलोको गीत आउ नाचौ साथी हो कम्मर कसेर, दुई दिनको जिन्दगी बिताउ हासेर को गीत र प्रकाश सपुतको गलबन्दी च्यातियो तिम्ले तानेर बोलको गीत बीच विवाद चुलिदै आएको थियो ।
गीत सम्बन्धि विवादले जातिवादी र रंगभेद्को रुप लिदै गए पछि यस विषयमा संसदमा समेत कुरा उठ्यो ।
अब भने यस विवादबीच शम्भु राई र प्रकाश सपुत बीच सहमति भईसकेको छ । हिजो मंगलबार संगीत रोयल्टी संकलन समाज, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लगायत विभिन्न गीतसँगीतको संस्थाको प्रतिनिधिहरुको रोहवरमा राई र सपुत बीच सहमति भएको हो ।
संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरि दुई पक्षबीच सहमति भएको हो ।

प्रतिक्रिया दिनुहोस्