कोपा अमेरिकाको फाईनलमा पेरु र ब्राजिल

१९ असार,काठमाडौं–बिहीबार भएको दोस्रो सेमिफाइनलमा पेरुले चिलीलाई ३–० ले हराएको छ । अब उसले उपाधिका लागि ब्राजिलसँग खेल्नेछ, जो अर्जेन्टिनालाई हराएर फाइनल पुगेको छ ।

चिलीको घरेलु मैदानमा भएको खेलमा पेरुले २१ औं मिनेटमा इडिसन फ्लोरेसको गोलबाट अग्रता लिएको थियो । ३८ औं मिनेटमा योसिमार योतुनले गोल गर्दै पहिलो हाफमा पेरुलाई २–० को अग्रता दिलाए । उसका लागि अन्तिम गोल भने इन्जुरी टाइममा पाउलो गोरेगोले गरे ।

फाइनल खेल आइतबार रियो दि जिनेयियामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्