अज्ञात समूहद्धारा चिन्डोको तोडफोडः सिंगो किरात सभ्यतामाथि प्रहार भएको दाबी – अशोक राई

२० असार, काठमाडौं– सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाको सीमानामा निर्माण गरिएको प्रवेशद्वार माथि गजुरको रुपमा राखिएको चिण्डो तोडफोड गरिएको छ ।
यो चिण्डो माथि नियोजित तरिकाले तोडफोड गरिएको छ । भन्दै यस कार्यप्रति आपत्ति जनाएका छन् ।

विद्यार्थी नेता अशोक राईले यो चिन्डो किरात मानव सभ्यतासंग जोडिएको पहिचान हो । यो चिन्डो किरात संस्कृतिसंग जोडिएको सांस्कृतिक धरोहर हो । यो चिन्डो किरात जीबनको प्रतीक हो । यो  चिन्डोू मलाई र मेरो परिवारलाई जन्मे देखि मृत्यु पर्यन्त सम्म हुन्दै नभई नहुने चीज पनि हो ।
र यो चिन्डो नेपालको सांस्कृतिक सम्पत्ति हो ।

यो चिण्डो माथिको तोडफोड हुनु भनेको किरात सभ्यता र किरात सांस्कृतिक माथिको हमला हो । यो तोडफोड भनेको सामाजिक सद्भाव खलबल्याई द्वन्द निम्ताउने बाटो हो । यो तोडफोड भनेको नेपालको सांस्कृतिक सम्पत्ति माथिको अतिक्रमण हो । समाजमा यस्तो किसिमको सामाजिक सद्भाव र बिकृती फैलाउने काम जो सुकैले गरेको होस् त्यो ब्यक्ति सजायको भागीदार भन्नू पर्छ, हुनु पर्छ । सरकारले चाडो भन्दा चाडो अराजकता गर्ने ब्यक्तिमाथि खोजी गरि कानुनको कठघरामा ल्याउन विद्यार्थी नेता अशोक राईले आव्हान गरेका छन् । ।

दिनप्रती दिन कहिले नेवारको गुठी त कहिले किरात समुदायहरुको चिण्डो माथि किनरु यस्तो सांस्कृतिक पहिचान र सभ्यता माथिको आक्रमण र हमलाले यो देश कता तिर जान खोज्दैछ । हिजो भर्खरै सर्बौच्च अदालतका न्यायाधीशहरुले लोक सेवा आयोगको फैसलाले यो देशले द्वन्द खोजेको हो त भन्दै राईले आक्रोश समेत पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस्