योन असन्तुष्टि बन्यो सम्बन्ध खटपटको मूख्य कारण

कति पय सम्बन्धको खटपट योन असन्तुष्टिका कारणले पनि हुन सक्छ । आफू भन्दा कम उमेरको योन साथि हुदा र उस्ले चाहे जति सन्तुष्टि नदिदा पनि यो अबस्था आउन सक्छ । हामी सबैलाई थाहा भएकै कुरा हो कि सबै व्यक्तिमा एकनासको यौनइच्छा हुँदैन कसैमा बढी हुन्छ भने कसैमा कम । त्यसैगरी कुनै एउटा व्यक्तिमा पनि सधैं एकनासको यौनइच्छा हुँदैन । तपाईंको योन साथिको उमेर कम छ अर्थात् तरुणावस्थामै हुनुहुन्छ भने तपाईंको तुलनामा उहाँमा अलि बढी नै यौनइच्छा हुनसक्छ ।

धेरै जसो व्यक्तिले सामान्यतया हप्तामा यस्तै २ देखि ५ पटक यौनसम्पर्क राख्छन् । विवाहको तुरुन्तै पछि जोडिले अलि बढी यौन सम्पर्क राख्छन् । नियमित यौन साथी वा विवाह गरेर सँगै बस्न थालेका जोडीले भने दिनहुँ मात्र होइन एकै दिनमा केही पटक यौनसम्पर्क राखेको पाइन्छ । सामान्यतः विवाह गरेको पहिलो वा दोस्रो वर्षसम्म एक दिनमा २४ घण्टा एकपल्ट यौनसम्पर्क हुने गरेको बताइन्छ । त्यसपछि भने यो क्रम हप्तामा २ देखि ३ पटकमा झर्छ अनि वयस्क जीवनको लामो समय सम्म रहन्छ । विस्तारै प्रौढ अवस्थामा पुगेपछि भने त्यसमा कमी आउँछ ।

यौन क्रियाकलापमा राम्रोसँग र निरन्तर रुपमा संलग्न हुन एकातिर यौनइच्छाको साथै मानसिक एवं शारीरिक दुवै रूपमा व्यक्ति यौन सम्पर्कका लागि तयार हुनुपर्छ । शारीरिक कुरा गर्दा यौन सम्पर्क राख्दा पीडा हुने, कुनै रोगव्याधि वा दीर्घरोगको असर वा थकान यसका उदाहरण हुन् । मधुमेह, मृगौलाको खराबी वा कलेजोको खराबी, प्रजनन अङ्ग वा त्यसको स्नायु प्रणालीलाई प्रभावित तुल्याउने गरी भएको चोटफटक वा रोग, रक्तनसा वा रत्त प्रणालीमा भएको खराबीले लिङ्ग उक्तेजित नहुने समस्या सिर्जना गर्न सक्छ जसले यौनत्रियाकलापमा नकारात्मक असर पर्छ ।

योन उत्साहाका लागि बाधक एलर्जी, रक्तचाप तथा मानसिक रोगको उपचारका क्रममा खाईने कतिपय औषधी पनि यसको कारण हुन सक्छ । त्यसैगरी मानसिक कारणले पनि यौन क्रियाकलापमा संलग्नता घटाउन सक्छ । तनाव, चिन्ता, ग्लानी, उदासीपन, आत्मविश्वास कम हुनु, यौन सक्षमताको चिन्ता, जोडीसँगको सम्बन्धमा भएको एकनासेपनबाट दिक्क हुनु, यौनरोग वा अन्य रोग लाग्ला कि भन्ने चिन्ता, भावनात्मक असन्तुलन वा अन्य मनोवैज्ञानिक रोग यसका उदाहरण हुन् ।

कतिपय लिंगको लम्बाइ तथा मोटाइ अनुसार योन आन्नदमा फरक–फरक हुन सक्छ । कसैको लामो हुन सक्छ भने कसैको छोटो । त्यसैगरी कसैको मोटो भने कसैको पातलो अनि आकार पनि फरक–फरक हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्