नेपाल साइबर सुरक्षामा कमजोर, साइबर आक्रमणहरूको उच्च जोखिममा

२१ असार, काठमाडौं– साइबर हमलाहरू रोक्ने तथा आक्रमणहरूको पूर्व सूचना संकलन गर्ने जिम्मेवारी पाएको राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्रका लागि जनशक्ति अभाव मुख्य चुनौती हुने साइबर सुरक्षाका जानकारहरूले बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधवार सुरु गरेको उक्त केन्द्रको चलाउन हाल सरकारसँग दक्ष जनशक्ति नरहेको सरकारी अधिकारीहरूले पनि स्वीकारेका छन् । तर चाँडै केही सूचना प्रविधि सम्बन्धी प्राविधिक जनशक्तिलाई दक्ष बनाइने अधिकारीहरूको दाबी छ । उनी भन्छन् सरकारले यस्तो केन्द्र स्थापना गर्नु धेरै राम्रो हो तर त्यसका लागि जनशक्ति र पूर्वाधारको अभाव नै मुख्य चुनौती हुने देखिन्छ ।

साइबर सुरक्षा सुपरिवेक्षण सेवा प्रदान गर्दै आएको एक कम्पनीका सञ्चालक साइबर सुरक्षा विज्ञ विजय लिम्बुले कुनै पनि विश्वविद्यालयहरूले यो विषयलाई अध्ययन गराएको र विशेषज्ञता हासिल हुने खालको वातावरण सिर्जना गरेको पाइदैन ।

करिब एक महिना अघि मात्र नेपालका धेरैजसो सरकारी वेबसाइटहरूमा साइबर हमला भएको थियो । विश्वभर नै चुनौतीका रूपमा देखिन थालेको साइबर हमलाको रोकथामका लागि सरकारी स्तरबाटै पहल गर्ने योजना अनुसार उक्त केन्द्र स्थापना भएको अधिकारीहरूले बताए पनि त्यसले प्रभावकारी रूपमा काम गर्नेमा चाहिँ साइबर सुरक्षाका जानकारहरू ढुक्क हुन सकिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्