लिओनल मेस्सी ले पाए रातो कार्ड

२२ असार, काठमाडौं– लिओनल मेस्सी ले रातो कार्ड पाएका छन् । उनि कोपा अमेरिका जित्न चाहन्थे तर, सेमिफाइनलमा ब्राजिल बाधक बन्यो ।

चिलीलाई हराउँदै अर्जेन्टिना तेस्रो त भयो । तर खेलको ३७ औं मिनेटमा अर्जेन्टिनालाई नराम्रो झड्का लाग्यो, जब मेस्सीले रातो कार्ड पाए । उनीसँगै चिलीका ग्यारी मेडलले रातो कार्ड पाएका थिए । यो उनको करियरकै दोस्रो रातो कार्ड हो ।

खेलमा अर्जेन्टिनाले १२ औं मिनेटमा सर्जिओ एग्युरोको गोलबाट अग्रता लिएको थियो । उनले मेस्सीको पासमा गोल गरेका थिए । १० मिनेटपछि पाउलो डिबलाले गोल गर्दै अग्रता दोब्बर बनाए ।

प्रतिक्रिया दिनुहोस्