मर्जरका लागि १४ वटा बैंकहरुले दिए लिखित प्रतिवद्धता

 

२४ असार, काठमाडौं । अहिलेसम्म १४ वटा बैंकहरुले मर्जरका लागि लिखित प्रतिवद्धता जनाएका छन् । बैंकका अध्यक्ष र सीईओहरुलाई बोलाएर आगामी असार २७ गते मौद्रिक नीति आउनुभन्दा अगाडि नै मर्जरको प्रतिवद्धता पेश गर्न निर्देशन दिएका थिए ।

गत साता दुई वाणिज्य बैंकहरुले मर्जरको लागि लिखित सहमति नै गरे । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालले मर्जरमा जाने सैद्धान्तिक सहमति गरेका हुन् । सोमबारसम्म १६ बैंकले मर्जरको प्रतिवद्धता पेश गरेका छन् ।

दुई वटाले सम्झौता नै गरिसकेका कारण ढुक्क हुन सकिने भए पनि बाँकी १४ वटाको कागजी प्रतिवद्दता मात्र हो । उनीहरुले मर्जरका लागि पार्टनर खोज्न सकेका छैनन ।

राष्ट्र बैंकको निर्देशन पालना गर्न कै लागि कागजी प्रतिवद्धता गरिएको एक बैंकरले बताए । सिभिल

सिभिल बैंक ,मेगा बैंक ,सिटिजन्स बैंक, सेञ्चुरी बैंक, कुमारी बैंक
एनएमबि बैंक,सनराइज बैंक,लक्ष्मी बैंक, एनआइसी एशिया बैंक, माछापुच्छ्रे बैंक, एनसीसी बैंक नेपाल, एसबिआइ बैंक,हिमालयन बैंक,नेपाल इन्भेष्टमेन्टबैंक, सानिमा बैंक आदि बैंकहरुले लिखित प्रतिवेदन दिएका हुन ।

प्रतिक्रिया दिनुहोस्