एसीसी यू १९ इस्टर्न रिजन २०१९ का लागि  नेपाली यू १९ टोली आज मलेसिया प्रस्थान

२४ असार,काठमाडौं– एसीसी यू१९ इस्टर्न रिजन २०१९ प्रतियोगिताको लागि उपाधि जित्ने लक्ष्यका साथ नेपाली यू १९ टोली आज दिउँसो २ बजे मलेसिया प्रस्थान गरेको छ । रोहित कुमार पौडेलको कप्तानीमा १४ सदस्य खेलाडी र तीन अफिसियल गरि १७ जनाको मलेसिया प्रस्थान गरेको हो ।
नेपाली यू १९ राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेलले आफ्नो कप्तानीमा टोलीलाई पहिलो उपाधि दिलाउने एसीसी इस्टर्न रिजन २०१९ प्रतियोगिता ठूलो अवसर रहेको बताएका छन् ।
आईतबार मलेसिया प्रस्थान गर्नु अघि रोहितले हाम्रोखेलकुदसँग कुरा गर्दै यस्तो बताएका हुन् । ‘मेरो कप्तानीमा पहिलो उपाधि दिलाउने यो ठूलो अवसर हो, टिमको लागि पनि ठूलो अवसर छ,यो जिते एसिया कपमा टेष्ट नेशनराष्ट्रसँग खेल्न पाउँछौ ।
तयारीको रुपमा प्रस्ताव गरिएको भारत भ्रमण रद्ध भएपनि एसिया क्वालिफायरको लागि भनेर पहिलादेखि नै अभ्यास गरेका हुँदा तयारी राम्रो भएको रोहित बताउँछन् ।  यस पटक सिनियर सन्दीप जोरा र आसिफ शेखलाई विश्राम दिदै नयाँ अनुहारलाई मौका दिएका छौं । ती नयाँ अनुहारलाई पनि आफुलाई प्रमाणित गर्ने राम्रो अवसर हो । विपक्षी खासै बलियो नहुँदा पनि युवा खेलाडीलाई मौका दिएका हौं ।
रोहित टोलीको ब्याटिङ र बलिङ दुबै सन्तुलन रहेको बताए । कुनै पनि विपक्षीलाई कमजोर लिएका छैनौं । हामीले मैदानमा शत प्रतिशत प्रर्दशन गर्दै जित निकाल्ने छौं । हामी प्रतिद्वन्द्वी भन्दापनि मैदानमा बल हेरेर खेल्ने छौं,रोहितले थपे,  एसिया कपमा टेष्ट राष्ट्र छन् । त्यहाँ राम्रो प्रदर्शन गर्ने हो भने सिनियर टिममा आउन पनि सहज हुन्छ । त्यसैले सबै खेलाडीको लागि ठूलो अवसर छ’उनले भने । कप्तान रोहितले नेपाल उपाधि सहित स्वदेश फर्कने बताए ।
प्रतियोगितालाई २ देखि ९ सम्म मलेसियामा चल्ने छ । समुह ए मा नेपाल,सिंगापुर र चीन छन् । नेपालको समुहबाट म्यानमारले नाम फिर्ता लिएको छ । समुह बी मा हङकङ, थाईल्यान्ड, भुटान र आयोजक मलेसिया छन् । नेपालले पहिलो खेल जुलाई ३ मा चीनसँग खेल्ने छ । त्यस्तै ५ जुलाईमा सिंगापुरसँग खेल्ने छ । दुवै समूहका शीर्ष दुई टोलीले जुन ८ मा हुने सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनलमा ९ जुलाईमा हुने छ ।
प्रतियोगिताको विजेताले श्रीलंकामा हुने यू१९ एसिया कपमा सहभागिता जनाउनेछ । यस प्रतियोगिताको विजेतासँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, यूएई र कुवेतले प्रतियोगितामा सहभागिता जनाउने पक्का भइसकेको छ । प्रतियोगिता २८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म संचालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्