भोजपुरमा विप्लव नेतृत्वको नेकपा र प्रहरीको भिडन्त, दुवैतिर एक एक जनाको मृत्यु

भोजपुर, २५ असार– प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा बीच भोजपुर सदरमुकामको हटिया लाइनमा गोली हानाहान भएको छ ।

घटनामा विप्लव कार्यकर्ता र प्रहरीतर्फ एक र एक जनाको मृत्यु भएको छ । विप्लव निकटका निरकुमार राई र प्रहरी जवान सञ्जिव राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । विप्लव  नेतृत्वको नेकपा गोलीबाट मारिने राई जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत थिए । उनी सादा पोशाकमा घुमुवाको काम गर्थे । प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार घटनामा घाइते राई दुबैको उपचारका क्रममा निधन भएको हो ।

प्रहरी जवान सन्जीव राई र एक विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता निरकुमार राईको मृत्यु भएको हो । अर्का एक प्रहरी सोम भट्टराई घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
विप्लव नेतृत्वको नेकपाको गोलीबाट प्रहरी मारिएको यो पहिलो घटना हो ।

बुधबार विहान करिब ९ बजेतिर भोजपुर सदरमुकामस्थित शनिबारे हटियामा रहेको पान्धारे होटल नजिकै विप्लव कार्यकर्ता र जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान बिच गोली हानाहान भएको हुन् । भोजपुर अस्पतालमा उपचार हुँदै गर्दा प्रहरी जवान सन्जीव र विप्लव कार्यकर्ता निरकुमारको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए ।

खोटाङ्ग जिल्ला घर भएका सन्जीव घुमुवा प्रहरी हुन् भने निरकुमार विप्लव नेतृत्वका ओखलढुंगा इञ्चार्ज हुन् ।

यो घटनापछि सदरमुकाममा सुरक्षा व्यवस्था कडा पारिएको छ । निरन्तर वर्षा भइरहेकाले अनुसन्धानमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्