विश्वकप क्रिकेट २०१९ सेमिफाइनलमा अष्ट्रेलिया र इंग्ल्यान्ड भिड्दै

२६ असार, काठमाडौं– पहिलोपटक उपाधि उचाल्ने दाउमा रहेको इङ्ग्ल्याण्ड र चार पटकको विजेता अस्ट्रेलिया विश्वकप क्रिकेट अन्तर्गतको दोस्रो सेमिफाइनलमा बिहीवार भिड्दै छन् । इङ्ग्ल्याण्डले २७ वर्ष यता विश्वकप क्रिकेटको नकआउट खेल जित्न सकेको छैन भने अस्ट्रेलियाले पछिल्ला पाँचमध्ये चार विश्वकपको उपाधि उचाली सकेको छ ।

बुधवार भएको रोमाञ्चक सेमिफाइनलमा भारतलाई हराउँदै न्यूजील्याण्ड विश्वकपको फाइनलमा पुगिसकेको छ । बिहीबारको खेलमा अस्ट्रेलियाले जिते यसपटकको विश्वकप क्रिकेटको फाइनल पनि सन् २०१५ कै फाइनल जस्तै हुनेछ जतिखेर यिनै दुई टोलीको फाइनलमा जम्काभेट भएको थियो ।

इङ्ग्ल्याण्डका कप्तान ओएन मोर्गनले विश्वकप क्रिकेटको सेमिफाइनलका लागि इङ्ग्ल्याण्डको अहिलेको भन्दा राम्रो तयारी हुन नसक्ने बताए । उनले भने,प छिल्ला दुई खेलमा हामी हाम्रो सर्वाधिक राम्रो खेलको एकदमै नजिक थियौँ । त्यही भएर एकदमै उत्साहित छौँ । एक नम्बर टोलीका रूपमा विश्वकप यात्रा सुरू गरेको इङ्ग्ल्याण्ड लिग चरणमा लर्डस मैदानमा अस्ट्रेलियासँग पराजित भएपछि प्रतियोगिताबाट झण्डै बाहिरिने अवस्थामा पुगेको थियो । सो खेलमा अस्ट्रेलियाले उसलाई ६४ रनले हराएको थियो ।

स्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले बाउन्सरका मद्दतले त्यस खेलमा मोर्गनलाई आउट बनाएका थिए । त्यसपछि इङ्ल्याण्डका पूर्व ब्याट्सम्यान केभिन पिटरसनले मोर्गन डराएको जस्तो देखिएको भन्दै ट्वीट गरेका थिए । तर त्यसको एक दिनपछि उनले आफूले मोर्गनलाई शंकाको लाभ दिने भन्दै आफू गलत वा सही जे पनि हुन सक्ने उल्लेख गरेका थिए । इङ्ग्ल्याण्डका कप्तानले तीन खेल अघिको भन्दा अहिलेको आफ्नो टोली फरक र बढ्ता आत्मविश्वासी रहेको उल्लेख गरेका छन् । अन्तिम चारमा आफ्नो स्थान सुरक्षित बनाउन इङ्ग्ल्याण्डले बुधवारको सेमिफाइनलमा भिडेका न्यूजिल्याण्ड र भारत दुवैलाई हराएको थियो ।

पहिलो चरणको अधिकांश समय आफ्नो समूहको शीर्ष स्थानमा रहेको अस्ट्रेलियाले, शनिबार दक्षिण अफ्रिकाबाट पराजित हुनुअघिसम्म, पहिलो सेमिफाइनल खेल खेल्ने ठानिएको थियो । तर अब उनीहरूले सबै प्रकृतिका गरि इङ्ग्लयाण्डले लगातार १० खेल जितेको एजबास्टन मैदानमा घरेलु टोलीको सामना गर्नुपर्नेछ । सन् १९९९ को विश्वकप क्रिकेट अष्ट्रेलियाले जितेको थियो । उक्त मैदानमा अस्ट्रेलियाले सन् १९९९ यता कुनै पनि एकदिवसीय खेल जितेको छैन । सर्वाधिक चर्चित दक्षिण अफ्रिका विरूद्धको सन् १९९९ को विश्वकप सेमिफाइनल खेलमा त्यहाँ अस्ट्रेलियाले बराबरी खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्